हिरोसिमाभन्दा तीन गुणा शक्तिशाली बम बेलारुसमा

३२ जेठ ,एजेन्सी ।
परमाणु बम बनाउने विश्वको पहिलो देश अमेरिका थियो भने जापान परमाणु हमलाको पीडा भोग्ने पहिलो देश हो । अब युक्रेन युद्धका कारण फेरि विश्व नै आणविक हमलाको खतरातर्फ उन्मुख भएको छ । बेलारुसले रूसबाट आणविक क्षेप्यास्त्र र बमको डेलिभरी लिन थालेको छ।

तीमध्ये केही आणविक हतियार हिरोसिमा र नागासाकीमा खसालेको परमाणु बमभन्दा तीन गुणा शक्तिशाली रहेको बताइएको छ । रुसले यसरी आफ्नो आणविक हतियार तैनाथ गर्न थालेको इतिहासमा यो पहिलो पटक हो ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले खसालेको आणविक बमभन्दा रुसी हतियार तीन गुणा बढी खतरनाक भएको बताएका छन् । अमेरिकाले अगस्ट ६ मा हिरोसिमा र ९ अगस्ट १९४५ मा नागासाकीमा आक्रमण गरेको थियो ।

Advertisement

यी दुवै आक्रमणमा डेढ लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । लाखौले अपाङ्गता वरण गरेका थिए । यी दुई सहरबाट टाढाका धेरै क्षेत्रमा घण्टौंसम्म कालो वर्षा जारी रह्यो र रेडियोधर्मी विकिरणले यी दुवै शहरलाई ध्वस्त पारेको थियो ।

आज पनि यहाँ विनाशका निशानहरू छन्। मार्चमा पुटिनले बेलारुसमा सामरिक आणविक हतियारहरू तैनाथ गर्न सहमति गरेका थिए । अमेरिकाले पनि दशकौंदेखि युरोपका केही देशमा यस्तै हतियार तैनाथ गरेको छ । पुटिनको निर्णयको अमेरिकाले आलोचना गरेको छ ।

Advertisement

यससँगै अमेरिकाले रणनीतिक आणविक हतियारमा आफ्नो अडान परिवर्तन गर्ने कुनै मनसाय नरहेको बताएको छ । रुसको यो कदमलाई अमेरिकासँगै चीनको पनि नजर छ । सामरिक आणविक हतियारहरूको उद्देश्य युद्धको मैदानमा दुश्मन सेना र हतियारहरू नष्ट गर्नु हो।

अर्कोतर्फ बेलारुसका राष्ट्रपति लुकासेन्कोले आफ्नो देशमा आक्रमण भएमा रुसी आणविक हतियार बेलारुसमा तैनाथ गर्न आदेश दिन नहिचकिचाउने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा मस्कोको छिमेकी र सहयोगी बेलारुसमा छोटो दूरीका आणविक हतियारहरू तैनाथ गर्ने योजना घोषणा गरेका थिए।

यो कदमलाई युक्रेनलाई सहयोग उपलब्ध गराउने पश्चिमा राष्ट्रहरूका लागि चुनौतीका रूपमा हेरिएको छ। पुटिनले रुसले आफ्नो आणविक हतियार नियन्त्रण गर्ने कुरामा जोड दिएका थिए तर लुकासेन्कोको भनाइले उनको दाबीको खण्डन गरेको छ । बेलारुसको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा लुकासेन्कोले भनेका छन्, “ भगवानसँग यी हतियारहरू प्रयोग गर्ने निर्णय लिनु नपरोस् , तर आक्रमण भएमा हामी संकोच गर्दैनौं,“ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top