सिकेले देखेका बजेट लुट्ने चार यार को–को हुन् ?

१ असार,काठमाण्डौ ।
आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको बजेटमा छुट्टाइएको मन्त्रालयगत बजेट शीर्षकमाथि अहिले प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ ।

प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै प्रतिपक्षका मात्रै होइन सत्तारुढ दलका नेताहरुले समेत बजेट शीर्ष नेताहरुका गृहजिल्लामा खन्याएको भन्दै असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।

यही विषयमा वैकल्पिक शक्तिका रुपमा संसदमा पुगेको जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले कडा टिप्पणी गरेका छन् । उनले बैंक लुटेजसरी चार यारले बजेट आफ्नो क्षेत्रमा लगेको टिप्पणी गरेका छन्।

Advertisement

प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै बैंक लुट्दा खुद्रा पैसा खसेजसरी अन्य बाँकी क्षेत्रमा विनियोजन गरिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा बढी बजेट गएको भन्दै असन्तुष्टि पोखेका हुन्।

‘यो बजेट ल्याएको हो कि लुटेको हो? अलि स्पष्ट देखिँदैन। यसो हेर्दा त बजेट बनाएको होइन, लुटेकोजस्तो देखिन्छ। जसरी बैंक लुट्दा चार यारहरूले लुटेर लान्छन्, त्यसैगरी चार यारहरूले मिलेर लुटेर गएजस्ता देखिन्छन्। बाटोमा लग्दा खुद्रा पैसा खस्दै गएजसरी अन्य क्षेत्रमा गएको देखिन्छ।

Advertisement

उनले भनेका छन्, चार यारहरू मिलेर अँध्यारोमा गएर बाँडफाँट गरेजस्तो देखिन्छ,’। उनले लुटको श्रृंखला चली नै रहेको भन्दै वैशाखमा मतपेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम भएको र लुट्ने प्रवृत्तिको निरन्तरताकै रूपमा बजेटमा आएको उनले टिप्पणी गरे ।

उनले भनेका छन्, पूराका पूरा लुट्ने प्रवृत्ति देखिएको छ,’। उनले बजेटमाथि एक महिना बहस भए पनि कमा र पूर्णविरामसमेत परिवर्तन नहुनेहुँदा संसद्मा कुनै उत्साह नभएको पनि बताएका छन् । सिके राउत प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताएका छन् ।

बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । तर, अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो । तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।

बजेटमा पहुँच पुग्ने सत्तापक्षका सांसदहरूको सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीच पनि विभाजन देखियो । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन । मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। परेन भनेर भन्नुको अर्थ छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top