Nepal Times
Nepal Times
3
Shares

चीनविरुद्ध शक्ति बढाउन अमेरिकाबाट ड्रोन किन्दै भारत

चीनविरुद्ध शक्ति बढाउन अमेरिकाबाट ड्रोन किन्दै भारत

२ असार, एजेन्सी ।
भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ३० वटा ःत्त–ढद्य प्रिडेटर ड्रोन खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेषगरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमता बलियो बनाउनेछ । रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिनअगाडि आएको हो ।

तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकले यसको खरिद प्रस्तावलाई अनुमोदन गरेको हो ।

भारतीय सेनाका तीनवटै तहले यो ड्रोन प्रयोग गर्न सक्छन् र यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने क्षमता छ । समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८÷८ ड्रोन दिन सकिने बताएको छ ।

चीनविरुद्ध शक्ति बढाउन भारतले अमेरिकासंग ड्रोन खरिद गर्ने तयारी गरिरहँदा यता अमेरिकाले भने चीनसंगको तनावपूर्ण सम्बन्ध सुधारको प्रयास थालेको छ । यसै प्रयासस्वरुप माइक्रोसफ्टका संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार सीले गेट्सलाई यो साल बेइजिङमा आफूले भेटेको पहिलो अमेरिकी मित्र भनेका थिए ।

‘म प्रायः भन्ने गर्छु, चीन–अमेरिका सम्बन्धको आधार जनस्तरमा छ । दुई देशका जनताबीच सधैँ मित्रता रहने अपेक्षा हामी गर्छौं,’ सीले गेट्सलाई भनेका थिए । यो वर्ष सीले भेटेका पहिलो विदेशी व्यवसायी हुन् गेट्स । पछिल्लो पटक उनीहरुबीच २०१५ मा भेट भएको थियो । यसै वर्ष इलोन मस्क, जेमी डिमन र टिम कुकले पनि चीन भ्रमण गरेका थिए ।

तर, उनीहरुले सीलाई भेट्न पाएका थिएनन् । यसै सप्ताहन्तमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि चीन भ्रमण गर्दैछन् । यसअघि बेलुन काण्डका कारण विदेशमन्त्री ब्लिन्केनले आफ्नो भ्रमण रद्ध गरेका थिए । त्यसपछि उनले भ्रमण गर्न खोज्दा चीनले चासो दिएको थिएन । तर अब यसै सप्ताहन्तमा उनी बेइजिङ ओर्लिँदै छन् । तर, उनको भ्रमणप्रति ठूलो अपेक्षा राखिएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.