×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

चीनविरुद्ध शक्ति बढाउन अमेरिकाबाट ड्रोन किन्दै भारत

२ असार २०८०

२ असार, एजेन्सी ।
भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ३० वटा ःत्त–ढद्य प्रिडेटर ड्रोन खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेषगरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमता बलियो बनाउनेछ । रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिनअगाडि आएको हो ।

तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकले यसको खरिद प्रस्तावलाई अनुमोदन गरेको हो ।

Advertisement
Advertisement

भारतीय सेनाका तीनवटै तहले यो ड्रोन प्रयोग गर्न सक्छन् र यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने क्षमता छ । समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८÷८ ड्रोन दिन सकिने बताएको छ ।

चीनविरुद्ध शक्ति बढाउन भारतले अमेरिकासंग ड्रोन खरिद गर्ने तयारी गरिरहँदा यता अमेरिकाले भने चीनसंगको तनावपूर्ण सम्बन्ध सुधारको प्रयास थालेको छ । यसै प्रयासस्वरुप माइक्रोसफ्टका संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार सीले गेट्सलाई यो साल बेइजिङमा आफूले भेटेको पहिलो अमेरिकी मित्र भनेका थिए ।

‘म प्रायः भन्ने गर्छु, चीन–अमेरिका सम्बन्धको आधार जनस्तरमा छ । दुई देशका जनताबीच सधैँ मित्रता रहने अपेक्षा हामी गर्छौं,’ सीले गेट्सलाई भनेका थिए । यो वर्ष सीले भेटेका पहिलो विदेशी व्यवसायी हुन् गेट्स । पछिल्लो पटक उनीहरुबीच २०१५ मा भेट भएको थियो । यसै वर्ष इलोन मस्क, जेमी डिमन र टिम कुकले पनि चीन भ्रमण गरेका थिए ।

तर, उनीहरुले सीलाई भेट्न पाएका थिएनन् । यसै सप्ताहन्तमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि चीन भ्रमण गर्दैछन् । यसअघि बेलुन काण्डका कारण विदेशमन्त्री ब्लिन्केनले आफ्नो भ्रमण रद्ध गरेका थिए । त्यसपछि उनले भ्रमण गर्न खोज्दा चीनले चासो दिएको थिएन । तर अब यसै सप्ताहन्तमा उनी बेइजिङ ओर्लिँदै छन् । तर, उनको भ्रमणप्रति ठूलो अपेक्षा राखिएको छैन ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top