बालेन र हर्कलाई भित्र्याउने बारे रविले मुख खोले

७ असार, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन्। पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलालाई सम्बोधन गर्दै उनले आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी गरे। उनलाई पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सवैको हात रहेको भन्दै धन्यवाद दिए।

Advertisement

उनले आफूहरुको समाचार पु¥याउनेदेखि खवरदारी गरेको भन्दै उनले क्षमा पनि माग्ने र धन्यवाद पनि भन्ने बताए। उनले ‘ह्याप्पी डे’ मनाउने भन्दै विगतमा गल्ती गरेको भए क्षमा माग्ने र सहयोग गर्नेहरुलाई धन्यवाद दिने बताए। उनले पार्टीमा भित्रिएका अनिलकेशरी शाहलाई पार्टीको प्रशिक्षण विभागको जिम्मेबारी दिइएको जानकारी गराए।

लामिछानेले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई पार्टीमा जोड्न सके असाध्यै राम्रो हुने बताएका छन्। पत्रकारको प्रश्नको जवाफ दिँदै लामिछानेले उनीहरुलाई जोड्न आफू सकारात्मक भएको बताए।

Advertisement

’हर्क र बालेनलाई जोड्न सके त राम्रो हुन्थ्यो। त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदैछ। अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनुभयो भने हाम्रो तर्फबाट त हामी एक सय प्रतिशत सकारात्मक छँदैछौँ नि,’ उनले भने।

लामिछानेले हर्क र बालेनसँग सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताए। उनीहरुको कामको पनि आफूले निरन्तर प्रशंसा गरेको उनले बताए। ’चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म सघाउने कुरामा निरन्तरता दिएकै जस्तो लाग्छ। त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो र त्यो हुन सकेछ भने हाम्रो लागि चाहिँ खुसीको कुरा हुन्छ’, उनले भनेका छन् ।

Advertisement

धरानका मेयर हर्कले रविको प्रशंसा गर्दै आएका छन् भने बालेनसँग भने रविको सम्बन्ध त्यति सुमधुर देखिदैन । रवि उपप्रधान तथा गृहमनत्री बनेका बेला बालेनले सुकुम्बासी समस्या समाधानका लागि बल प्रयोग गर्न सहयोग मागे पनि गृहमन्त्रालयले अस्वीकार गरेको थियो ।

यस्तै लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् । उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताएका छन् । उनले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको पनि बताएका छन् ।

सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताए । कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिल केशरीले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफु पार्टी प्रवेश गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top