×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

नेपाल सुपर ६ मा पुग्ने संभावना कति छ ?

८ असार २०८०

८ असार,एजेन्सी ।
नेपालले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा बिहीबार वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार बेहोरेको छ। आफ्ना ३ खेलमा २ हार र १ जित निकालेको नेपालसँग सुपर ६ मा पुग्ने एकमात्र सम्भावना बाँकी छ। शनिबार नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डस्सँग खेल्दैछ।

उक्त खेल जितेको अवस्थामा नेपाल सुपर ६ मा पुग्ने सम्भावना कायम रहनेछ। अहिले समूह ‘ए’ मा नेपाल २ अंकका साथ चौथो स्थानमा छ। २ खेलमा एक हार र एक जित निकालेको नेदरल्यान्डस् समान २ अंकका साथ नेट रनरेटका कारण नेपालभन्दा अगाडि छ। नेदरल्यान्डस्का लागि पनि नेपालसँगको खेल निर्णायक जस्तै छ।

Advertisement
Advertisement

किनभने यो खेलमा पराजित हुँदा उसको अन्तिम खेल वेस्टइन्डिजसँग बाँकी छ। समूह ‘ए’मा सवैभन्दा बलियो देखिएको वेस्टइन्डिजसँग जित निकाल्न उसलाई त्यति सजिलो हुनेछैन। नेपालसँग हारेर नेदरल्यान्डस्ले वेस्टइन्डिजसँग जितेको खण्डमा नेट रनरेटका आधारमा अघि रहेको टोली सुपर ६ मा पुग्नेछ।

नेदरल्यान्डस्लाई हराउँदा नेपालको रनरेट उकासिने सम्भावना देखिन्छ। समूह ‘ए’ मै रहेको अमेरिका ३ वटै खेलमा पराजय भोगेर समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ। समूह ‘ए’बाट जिम्बावे र वेस्टइन्डिज सुपर ६ मा पुग्ने तय नै छ। शुक्रबार समूह ‘बी’का खेल हुँदैछन्। समूह ‘बी’को शीर्षमा रहेको ओमानले दोस्रो नम्बरमा रहेको श्रीलंकाको सामना गर्दैछ।

Advertisement

एउटा खेल मात्रै खेलेको श्रीलंकाले जित निकालेर २ अंक बनाएको छ भने ओमानले २ खेल जितेर ४ अंक बनाएको छ। यसैगरी एउटा मात्रै खेल खेलेको स्कटल्यान्ड २ अंकका साथ तेस्रो नम्बरमा छ। जसले यो समूहको पुछारमा रहेको युएईसँग खेल्दैछ। दुई खेल खेलिसकेको युएईले दुवैमा पराजय भोगेको छ। यसैगरी यो समूहको आयरल्यान्ड पनि दुवै खेल हारेर चौथो नम्बरमा छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top