बालेनले गरे अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई  कारबाही

८ असार, काठमाण्डौ ।
अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्। सर्वसाधरणमाथि अपमान व्यवहार गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ। महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए।

Advertisement

‘उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन। कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने। एक ठाउँबाट अर्को ठाउँमा डिउटी सार्ने र डिउटी अवधी थप्ने जस्ता कारबाही गरिएको छ,’ बजगाईंले भनेका छन् । फुटपाथ तथा सडकपेटीका व्यापार तथा सामान राखेर अवरोध गरेकाहरूलाई नगर प्रहरीले अपमानजनक व्यवहार गरेकोमा कारबाही गरिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले असहज व्यवहार गरेको भेट्टाएपछि कारबाही भएको बताएका छन् । नगर प्रहरीले जथाभावी बोल्न र व्यवहार गर्न पाउँदैनन्, हामीले १२ जनालाई कारबाही गरेका छौँ । उनले भनेका छन्, यदि नगर प्रहरीले अपमान र अमानवीय व्यवहार गरेको छ भने हामीलाई खबर गर्नुहोला ।

Advertisement

जडीबुटीस्थित नगरफाँटमा बुधबार नगर प्रहरी भित्री गल्लीमा पुगेर ठेलागाडा जफत गरेको थियो । स्थानीयले सूचना दिएपछि मात्रै नगर प्रहरी गएको र ठेलागाडा जफत गरी टेकुमा ल्याएर राखेको जनाइएको छ । घर तथा निजी ठाउँमा राखेको ठेलागाडा उठाएको भन्दै नगर प्रहरीको सर्वत्र विरोध भएको थियो ।

तर, नगर प्रहरी प्रमुख पाण्डेले स्थानीयवासीले खबर गरेपछि मात्रै ठेलागाडा जफत गरेको बताएका छन् । नगर प्रहरीहरुले सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top