×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

’मोदी पूर्वको उदाउँदो हिटलर’ भन्दै अमेरिकामा प्रदर्शन

९ असार २०८०

९ असार,एजेन्सी ।
अमेरिका भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन भएको छ । मोदी आफ्नो कार्यकालको ९ वर्षमा पहिलो राजकिय भ्रमणका क्रममा अमेरिका पुग्दा उनीविरुद्ध नाराबाजी भएको हो । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न जानुअघि देखि नै उक्त प्रदर्शन भएका थिए ।

२० जुनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारी र भारतीय समूहहरूले भव्य स्वागत गरेका थिए भने अर्कोतर्फ अधिकारकर्मीहरूले भारतमा बिग्रँदै गएको मानवअधिकारको रेकर्ड प्रस्तुत गर्दै विरोध गरेका थिए । दुई मानव अधिकार समूहहरू ’एम्नेस्टी इन्टरनेशनल’ र ह्युमन राइट्स वाचले मोदीविरोधी प्रदर्शन गरेका हुन् ।

Advertisement
Advertisement

उनीहरूले वासिङ्टनमा बीबीसीको विवादित वित्तचित्र ’इन्डिया द मोदी’ स्क्रिनिङ पनि गरेका थिए । मोदीलाई उक्त वित्तचित्र भारतको सञ्चार माध्यमले प्रतिबन्ध लगाएको थियो । उक्त वित्तचित्रसँग सम्बन्धित सबै कन्टेन्ट भारतमा युट्युबबाट हटाइएको थियो भने ट्विट पनि ब्लक गरिएको थियो ।

मोदीविरोधी प्रदर्शनमा सहभागीहरूले ’मोदी पूर्वको उदाउँदो हिटलर’, ’हेलो जोए, विद्यार्थी नेता अमर खालिद १ हजार दिनयता किन जेलमा छन् मोदीलाई सोध’, ’क्राइम मिनिस्टर अफ इन्डिया’, ’मोदी इज नट वेलकम’ जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले भारतमा लोकतन्त्र खतरामा छ भन्ने नारा लगाएका थिए ।

ट्विटरमा उक्त प्रदर्शनसँग सम्बन्धित क्लिप र फोटो राखेर ’मोदी इज नट वेलकम’ र ’क्राइम मिनिस्टर अफ इन्डिया’ ह्वासट्यागसहित मोदीको विरोध भइरहेको छ । एक स्वतन्त्र पत्रकार एवं मानव अधिकारकर्मी पिटर फ्रेडरिकले ’पूर्वमा उदाउँदो हिटलरू’ र जो बाइडेनलाई ’मोदीको फासीवादलाई सक्षम बनाउन बन्द गर्न’ आग्रहसहितका तस्बिर शेयर गरेका छन् । उनले वासिङ्टनमा मोदीविरोधी प्रदर्शनको घोषणा गरेका थिए ।

यस्तै बाइडेन–मोदी भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई भारतको लोकतन्त्रबारे प्रश्न सोधिएको थियो । धार्मिक अल्पसंख्यकमाथि उनको सरकारले दमन गरेको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको बताएका थिए । यसअघि सन् २०१८ मा बेलायत भ्रमणमा जाँदा पनि मोदी विरोधी प्रदर्शन भएको थियो । त्यहाँ ’भारतीय आतंकवादी’, ’बलात्कारीको संरक्षक’, ’गो ब्याक मोदी’सहितका नारा लगाइएका थिए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top