सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित

११ असार, एजेन्सी ।

Advertisement

इङ्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका छन् । यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ तेहेरो उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोनामा आवद्ध भएका हुन् । उक्त कुराको घोषणा म्यानचेस्टर सिटी र बार्सिलोना दुवैले सोमबार एकसाथ गरेका छन् ।

यही महिना सिटीसँगको सम्झौता सकिएपछि जर्मनीका मिडफिल्डर गुन्डोगान स्पेन लागेका हुन् । गुन्डोगानको कप्तानीमा सिटिले यो सिजन इङ्ग्लिस प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।

Advertisement

सम्झौता सकिएपछि सिटीले नवीकरण प्रस्ताव गरे पनि गुन्डोगानले बाल्यकालदेखिको आफ्नो ड्रिम क्लबमा नयाँ यात्रा थालेका हुन् । सिटीले सोमबार बिदा गरेको घोषणा गरिरहँदा बार्सिलोनाले उनलाई स्वागत गरिसकेको छ । गुन्डोगानले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ । गुन्डोगान २०२२–२३ को सुरुमा सिटीको कप्तान भएका थिए ।

उनलाई सिटीले सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट २० मिलियन पाउन्डमा किनेको थियो। सिटीमा रहँदा उनले ३०४ खेल खेल्दै ६० गोल आफ्नो नाममा लेखाएका छन्। सिटीको करिअर अवधिमा उनले १४ उपाधि उचाले । जसमा पाँचवटा प्रिमियर लिग पनि छन्। त्यस्तै २ एफए कप र ४ काराबाओ कप पनि छन्।

Advertisement

उनी सिटीमा रहँदा २ पटक कम्युनिटी सिल्ड पनि जिते । यता इंग्लिस क्लब चेल्सीका सेनेगली डिफेन्डर कालिडो कोउलीबाली साउदी अरेबियाको अल हिलालमा अनुबन्धित भएका छन् । कोउलीबाली गत जुलाईमा इटालियन क्लब नेपोलीबाट चेल्सीमा चार वर्षको सम्झौता गरेका थिए । तर, उनले चेल्सीमा एक सिजन बिताएपछि नै क्लब छाडेर अल हिलालमा अनुबन्धित भएका हुन् ।

अल हिलालले कोउलीबालीका लागि कति तिरेको छ भन्ने खुलासा गरेको छैन । तर रिपोट अनुसार २० मिलियन पाउन्ड रहेको अनुमान गरिएको छ । सन् २०२० मा नेपोलीलाई इटालियन कप र २०२२ मा सेनेगलले अफ्रिका कप अफ नेसन्स जित्न मद्दत गरेपछि उनी युरोपियन र अन्तर्राष्ट्रिय अनुभवका साथ स्ट्यामफोर्ड ब्रिजमा आइपुगेका थिए । उनले चेल्सीका लागि सबै प्रतियोगितामा जम्मा ३२ खेलमा २ गोल गरेका छन् ।

गत जनवरीमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अल नासरमा आवद्ध भएसँगै युरोपियन क्लब फुटबलमा व्यस्त रहेका खेलाडीहरु साउदी प्रिमियर लिगमा आबद्ध हुनेको ओइरो लागेको छ । यसै सिजन करिम बेन्जेमासँगै रुवेन नेभेस र एनगोलो कान्टेसँगै अन्य खेलाडी साउदीको क्लबमा आबद्ध भइसकेका छन् भने आबद्ध हुने क्रम जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top