विश्वका चर्चित व्यक्तिको ट्विटर ह्याक गर्नेलाई जेल सजाय

११ असार, एजेन्सी ।
सन् २०२० मा भएको ट्विटर ह्याकको ठूलो घटनाका जिम्मेवार एक व्यक्तिलाई जेल सजाय तोकिएको छ । जोसेफ जेम्स ओ कोनर नाम गरेका २४ वर्षीय व्यक्तिलाई न्युयोर्कको संघीय अदालतले शुक्रबार पाँच वर्षको जेल सजाय सुनाएको हो ।

आफूले गरेको अपराधका पीडितलाई सात लाख ९४ हजार अमेरिकी डलर दिन पनि उनी तयार भएका छन् । गत मे महिनामा कम्प्युटर ह्याकिङ, वायर फ्रड र साइबरस्ट्याकिंगको चारवटा मुद्दामा उनी दोषी ठहर भएका थिए ।

बेलायती नागरिक ओ कोनरलाई यस वर्षको सुरुमा अमेरिकी अभियोजकहरूको अनुरोधमा स्पेनबाट सुपुर्दगी गरिएको थियो र त्यसयता उनी हिरासतमा थिए । ओ कोनरलाई अधिकतम ७७ वर्षको जेल सजाय तोकिए पनि अमेरिकी न्याय विभागका अभियोजकले कम्तिमा सात वर्षको जेल सजाय दिन आग्रह गरेका थिए।

Advertisement

सन् २०२० को जुलाईमा उनीलगायतको समूहले एप्पल, बाइनान्स जस्ता कम्पनी र एलन मस्क, बिल गेट्स, जो बाइडेन, बाराक ओबामा, किम कार्दसियन लगायत दर्जनौँ ‘हाई प्रोफाइल’को ट्विटर अकाउन्टबाट क्रिप्टोकरेन्सीमा लगानी गर्नुहोस् भन्दै पोस्ट गरेको थियो ।

ह्याकर समूहले सोही पोस्टमा विवरण राखेको थियो र कयौँ व्यक्तिले लगानी गर्न भनेर पैसा पठाएका थिए । हाई प्रोफाइल व्यक्तिको अकाउन्टबाट ट्विट हुँदा विश्वभर दशौँ लाख मानिस प्रभावमा परेका थिए । ह्याकरले ट्विटरका कर्मचारीहरुको उपकरणबाट ट्विटरको नेटवर्कमा पहुँच पुर्याएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top