×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विमानको इन्जिनमा फसेका कर्मचारीको दर्दनाक मृत्यु

१२ असार २०८०

१२ असार, एजेन्सी ।
अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाईभित्र तानेको बताइएको छ । टेक्सासको सान एन्टोनिओस्थित डेल्टा कम्पनीको यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ बढिरहेको थियो र त्यसको एउटा इन्जिन चालु थियो ।

कम्पनीले यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको बताएको छ । सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । बोर्डले घटनाको विवरण संकलन भइरहेको जनाएको छ ।

Advertisement
Advertisement

एयरबस ए ३१९ विमान शुक्रबार राति लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट सान एन्टोनिओ आइपुगेको थियो । डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म खुलाएको छैन । डेल्टाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग कुनै समस्या नभएको देखाएको छ ।’

कम्पनीका प्रवक्ताले यस घटनाले आफूहरू दुःखी भएको जनाउँदै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेका छन् । एक अधिकारीको बयानलाई उदृत गर्दै बीबीसीमा उल्लेख भए अनुसार विमान गेटतर्फ ‘ट्याक्सिङ्’ गरिरहेको थियो । सोही क्रममा ती कर्मचारी तानिएका थिए ।

कर्मचारीलाई ‘युनिफाइ एभिएसन’ ले भर्ना गरेको थियो । यस कम्पनीले विभिन्न एयरलाइन्सको ’ग्राउन्ड ह्यान्डलिङ’ सञ्चालनमा मद्दत गर्छ। ‘युनिफाइ एभिएसन’ ले पनि घटनाप्रति दुःख व्यक्त गरेको छ । गत वर्ष अलाबामामा पनि त्यस्तै घटना भएको थियो जब विमानको इन्जिनकै कारण एक एयरपोर्ट कर्मचारीको मृत्यु भएको थियो।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top