वकिलबाट अदालत भित्रै कुटिइन् नासु

१४ असार, काठमाण्डौ ।
जिल्ला अदालत ललितपुरको फाँटमा एक कानुन व्यवसायीले बुधबार अदालतको कर्मचारीमाथि हातपात गरेका छन्। साँझ ६ः३० बजे तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नायव सुब्बा प्रेमिका तामाङलाई हातपात गरेका हुन्।

पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दुषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका अधिवक्ता लामिछानेले आफूमाथि फाइल खोल्दै हातपात गरेको तामाङले बताइन्। ‘मैले तारेख दिँदै थिए। एक्कासी उहाँ आफैंले फाइल तान्नुभयो। मैले फाइलमा भएका कागजहरु हराउँछन् तपाईंले तान्न मिल्दैन भनेर प्रतिकार गर्दै थिएँ,’ प्रेमिकाले भनेकी छन् ‘तपाईंलाई आवश्यक भए नक्कल लिएर जान सक्नुहुन्छ।

Advertisement

तर अदालतको डकुमेन्टहरु यसरी चलाउन मिल्दैन भनेको थिएँ। मलाई त हातपात नै गर्नुभयो।’ अधिवक्ता लामिछानले आफूलाई ‘तँ को होस्, तँलाई के थाहा छ’ भन्दै गालीगलौज पनि गरेको प्रेमिकाले बताएकी छिन् । उनले घटनापछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी पनि दिएकी छन्।

Advertisement

अधिवक्ता लामिछानेमाथि अभद्र व्यवहारको कसुरमा कारबाही हुनुपर्ने दाबी तामाङले दिएको जाहेरीमा गरिएको छ। सबैको अगाडि महिला कर्मचारीमाथि हातपात गरेकाले लामिछानेलाई तत्काल पक्राउ गरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरी कारबाही हुनुपर्ने तामाङले माग गरेकी छन् ।

कानुन व्यवसायी लामिछानेको आक्रमणबाट आफ्नो सर्ट च्यातिएको र ओठमा समेत घाउ भएको दाबी उनले गरेकी छन्। उनको जाहेरीपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top