Nepal Times
Nepal Times
3
Shares

सलोन बस्नेतलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड

सलोन बस्नेतलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड

१६ असार,काठमाण्डौ ।
नेपाली अभिनेता सलोन बस्नेतले भारतमा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । छोटो सिनेमा ‘इम प्योर’बाट त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उनी उत्कृष्ट अभिनेता घोषित भएका छन् । भारतको तमिलनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विधातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलावा मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ । बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेब्यु गरेका हुन्। ’हामी तीन भाइ’मा ’हरि’को भूमिकाबाट उनी चर्चामा आएका थिए ।

अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै उनी अभिनिति चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । सलोन चलचित्र निर्देशक सोभित बस्नेतका छोरा हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.