क्यानका अध्यक्ष र महाप्रबन्धकबीचको लफडा के हो ?

१६ असार, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले राजीनामा दिएका छन् । उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप लगाउँदै राजीनामा दिएका हुन् । केही दिनअघि राजीनामा दिएका खनालको शुक्रबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको थियो ।

Advertisement

खनालको राजीनामापछि क्यानले क्रिकेट म्यानेजर विनोद दासलाई कार्यबाहक जिमएमको जिम्मेवारी दिएको छ । राजीनामा दिनुको कारणबारे खनालले शनिबार फेसबुकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ’क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिन्ने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने हुँदा राजीनामा दिएको हुँ।’

उनी अगाडि लेख्छन्, ’चतुरबहादुर चन्द कांग्रेसका बैतडी जिल्ला सभापति पनि हुनुहुन्छ, उहाँका केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि उहाँ पुरानै शासकीय शैलीमा उग्ररूपमा गाली गलौजमा फर्किनु भएको हो । दिउँसै रक्सी सुरमा धुत भएर संघको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि मैले राजीनामा दिएको हुँ । विवादास्पद टी–२० लगायत संघका स्रोतका अन्य धेरै विषयहरू क्रमशः व्याख्या गर्दै गरौंला।’

Advertisement

आफूमाथि यस्तो गम्भीर आरोप लगाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने खनालले काम गर्न नसकेपछि राजीनामा दिन लगाएको बताएका छन् । ‘बसीबसी खाइरहेका थिए । मलाई लगाएका आरोप पुष्टि गरोस् न । राजीनामा दिए भनेकै हो । राजीनामा दिएर मिडियालाई भनेपछि कसरी राख्ने ? काम नै गर्न सकेको छैनन् । त्यसैले राजीनामा दिन भनिएको हो, चन्दले भने ।

चन्दले ५० करोड ल्याउछु भनेपनि अहिले सम्म ५ लाख ल्याउन नसकेको बताए । ‘काम नै के गरेको छ र ? ५० करोड ल्याउछु भनेको मान्छेले डेढ वर्षमा अहिलेसम्म ५ लाख ल्याएको छैन । तपाई सक्नुहुन्न । त्यसैले राजीनामा दिनुस भनेको हो । एसिसी र आइसिसी पनि तपाईंको मेलले गर्दा रिसाएको छ । उसले राजीनामा दिनुको सट्टा काम गर्छु भन्नुपर्ने हो ।

Advertisement

मिडिया भनेर राजीनामा दिएपछि बोर्डमा कुरा आउँछ । बोर्डले थाहा पाएपछि, अशोकनाथ प्याकुरेलको राजीनामा स्वीकृत गरिएको हो भनेपछि सर्वसम्मत स्वीकृत भएको हो,’ चन्दले भने । उनले आफुले रक्सी खाएर गाली गरेको भन्ने सरासर गलत भएको बताएका छन् । खनाललाई चन्दले नै कांग्रेसका केहि नेताको सिफारिसमा नियुक्त गरेको आरोप लाग्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top