×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

परराष्ट्र मन्त्रीको अनुभव नयाँ पार्टीले देश चलाउन सक्दैन

१७ असार २०८०

१७ असार, काठमाण्डौ ।
परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस सभापति शेरबहादुर देउवा उनको योग्ताको कारण पटक पटक प्रधानमन्त्री भएको बताएका छन् । महामन्त्री गगन थापा तर्फ लक्षित गर्दै उनले देउवा भाग्यले पटकपटक सत्तामा नपुगेको बताएका छन् ।

शनिवारमात्र महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवा पटकपटक प्रधानमन्त्री भएकोतर्फ लक्षित गर्दै आफ्नो भनाइ राखेका थिए ।थापाले संसारमा कुनै देशमा एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री नहुने बताएका जिकिर गरेका थिए ।

Advertisement
Advertisement

‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन,’ महामन्त्री थापाले भनेका थिए । थापाको सोही भनाईलाई लक्षित गर्दै मन्त्री साउदले उनलाई देउवाको योग्यता सम्झाएका हुन् ।

नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतवार आयोजना गरेको कार्यक्रममा योग्यताकै कारण देउवा पटकपटक प्रधानमन्त्री भएकोसमेत तर्क गरे । ’धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् ।

उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन,’ साउदले भने, ’तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएकोसमेत उनको भनाई थियो ।

यस्तै साउदले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि लक्षित गर्दै टिप्पणी गरेका छन् । नयाँ पार्टीको कुनै संगठन नभएको र सोसल मिडियाको भरमा उनीहरुको राजनीति नटिक्ने साउदको तर्क थियो । ’नयाँनयाँ पार्टी आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरुको कतै संगठन छैन ।

उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्,’ उनले भने, ’पार्टी पद्धतिमा विश्वास गर्दैनन् । पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन् । त्यही भएर लगातार विवादमा परिराखेका छन्’ साउदको भनाई छ ।

Advertisement

रास्वपाले विचार ,सिद्धान्त, कार्यकर्ता र संगठन भन्दा पनि जनताका विषयहरुलाई प्राथमिकता दिदै आएको छ । गएको निर्वाचनमा रास्वपाका उम्मेदवारहरुले अन्य पार्टीका कार्यकर्ताहरुसँग आफ्ना पक्षमा खुलेर मत मागेका थिए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top