नोबेलमा २७ दिनको शिशुको जटिल शल्यक्रिया

१७ असार ८०, सोमबार

१८ असार,विराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए ।

डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो।

कोशी अस्पतालमा जन्मिएको बच्चालाई श्वास फेर्न गाह्रो भएपछि नोबेल ल्याइएको हो । नोबेलमा एक्सरे गरेर हेर्दा पेटभित्र हुने अंगहरू छातिमा पुगेको देखिएपछि बाल तथा नवजात शिशु सर्जन डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको पेट चिरेर शल्यक्रिया गरेको हो ।

अप्रेशनका क्रममा एनएस्थेसियोलोजिष्ट डा.बन्दना पौडेल लगायतले साथ दिएका थिए । बच्चाको छातीमा पुगेका अंगहरुलाई पेटमा ल्याई डायफ्रामको प्वाल टालिएको डा.शाहले बताए ।

‘जन्मजात डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौँ, अहिले बच्चाको अवस्था ठीक छ,’ डा.शाहले भने, ‘यो निकै दुर्लभ र जटिल समस्या हो, करिब ५ हजार बच्चाहरू मध्ये एक जनामा यस्तो समस्या देखिने गर्छ ।’

चिकित्सकहरूका अनुसार यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ । भर्खर जन्मिएको बच्चालाई आमाको दूध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पार्दा होस खुल्न गाह्रो हुने जस्ता कारणले यस्तो शल्यक्रिया निकै जटिल मानिन्छ ।

यस्तो अप्रेसन गर्ने क्रममा झण्डै ४० प्रतिशत बच्चाहरूको ज्यान जाने भएकाले यो जटिल अप्रेसन मानिने चिकित्सकहरू बताउँछन् । शिशुको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top