×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

आफ्नै बोलीको गलपासोमा परे प्रचण्ड !

२० असार २०८०

२० असार, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण पटक पटक विवादमा तानिदै आएका छन् । पछिल्लो पटक उनी पुनः विवादमा तानिएका छन् । सोमबार यातायात व्यवसायी भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै आफैले दिएको एक अभिब्यक्तिले उनी यतिबेला आलोचनाको घेरामा परेका छन् ।

सो क्रममा उनले भनेका थिए, ‘प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैपटक दिल्ली जानु पनि भयो ।’ प्रचण्डले प्रधानमन्त्रीका रुपमा यस्तो अभिव्यक्ति दिइरहँदा त्यहाँ भारतीय राजदूत नवीन श्रीवास्तव पनि थिए । त्यो राष्ट्रका लागि लज्जाको विषय भएको भन्दै आलोचना भइरहेको छ । खासगरि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको कडारुपमा विरोध गरिरहेको छ ।

Advertisement
Advertisement

एमालेले दाहालको सो विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।

आज अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएपनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताएका हुन् ।

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए । प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने भन्दै उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताए । तर यता एमालेले भने विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्लाई प्रस्ट पार्नुपर्ने, माफी माग्नुपर्ने र राजीनामा दिनुपर्ने सम्मको रणनीति बनाएको छ ।

एमालेले दिल्लीले बनाएको प्रधानमन्त्री स्वीकार्न नसकिने बताएको छ । राष्ट्रिय सभामा उनको राजीनामा नै मागिएको छ। विवादास्पद अभिव्यक्तिले प्रचण्ड अप्ठ्यारोमा परेको यो पहिलो घटना भने होइन । यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाएर कांग्रेससहितको सरकार बनाउँदा भारतका लागि ‘कम्फर्टेबल’ हुने अभिव्यक्तिले पनि प्रचण्ड विवादमा आएका थिए ।

त्यसले भारतले चाहेको जसरी सरकार चलाउन आफूहरू तयार रहेको सन्देश दिएको भन्दै चर्को आलोचना भएको थियो । त्यसअघि १ माघ २०७६ मा टुँडिखेलमा पनि प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले तत्कालीन नेकपाभित्र प्रचण्डको आलोचना भएको थियो ।

Advertisement

त्यसअघि माओवादी लडाकुको अस्थायी शिविर शक्तिखोरमा उनले दिएको अभिव्यक्ति पनि विवादमा परेको थियो । गोप्य प्रशिक्षणका क्रममा प्रचण्डले ‘जनमुक्ति सेना’ ७–८ हजार भए पनि ३१ हजार देखाएर प्रमाणीकरण गरिएको बताएका थिए । प्रचण्डको सोही अभिव्यक्तिका कारण नक्कली लडाकु देखाएर अस्थायी शिविरमा व्यापाक भ्रष्टाचार गरेको आरोप अहिलेसम्म झेलिरहनुपरेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top