नासु कुटिएको प्रकरणमा ७ बुँदे सहमति /कसरी मिल्यो लफडा ?

Share this
703shares

२१ असार,काठमाण्डौ ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङ अधिवक्ता अमिर लामिछानेबाट कुटिएको भनिएको प्रकरणमा सात बुँदे सहमति भएको छ। गएको असार १३ गते साँझ ललितपुर जिल्ला अदालतमा अधिवक्ता लामिछानेले नासु तामाङमाथि हातपात गरेपछि विवाद सुरु भएको थियो।

Advertisement

विवादलाई समाधान गर्ने प्रयोजनार्थ ललितपुर जिल्ला अदालतबाट गठन भएको वार्ता समिति तथा ललितपुर बार एशोसिएशनका तर्फबाट गठन भएको वार्ता समितिका सदस्यहरु, नेपाल बार एशोसिएशनका प्रतिनिधि तथा घटनासँग सम्बन्धित दुवै पक्षको उपस्थितिमा छलफल भइ यस्तो सहमति भएको हो।

ललितपुर जिल्ला अदालतमा सेवा लिने÷दिने क्रममा इमान्दारीपूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरुमार्फत् विषयान्तर भएको सहमतिमा भनिएको छ। उक्त घट्नासँग सम्बन्धित दुवै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

ललितपुर जिल्ला अदालतमा सीसीटीभीले काम नगरेको भनी यसअघि मर्मतका लागि सर्वोच्च अदालतमा पत्राचार भएकोमा हालसम्म मर्मत नभएकाले अविलम्ब मर्मत गरी सञ्चालन योग्य बनाउन अनुरोध गर्ने निर्णय पनि भएको छ। उक्त घटनाको विषयलाई लिएर नेपाल बार एशोसिएशन तथा निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रमहरुलाई आजैबाट स्थगित गरी सेवालाई सुचारु गर्ने सहमति भएको छ।

Advertisement

उक्त घटना र परिस्थितिबाट न्यायका सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ललितपुर जिल्ला अदालत र ललितपुर बार एशोसिएशनबीचको सम्बन्धलाई सदाझैं सुमधुर कायम राखी निरन्तरता दिने सहमतिमा उल्लेख छ। यस विषयलाई लिएर सार्वजनिक रुपमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट विषयान्तर हुने गरी टीकाटिप्पणी नगर्न पनि उनीहरुले आग्रह गरेका छन्।

प्रेमिकाले अधिवक्ताबाट कुटिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि अधिवक्ता लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि नेपाल वार एसोसिएसनले देशव्यापी रुपमा आन्दोलित भएपछि उनी साधारण तारेखमा छुटेका थिए । अधिवक्ताले नासुले घुस मागेको आरोप लगाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top