दिल्लीमा मनसुनको १५ प्रतिशत वर्षा १२ घण्टामा

२३ असार ८०, आइतबार

२४ असार, एजेन्सी ।
छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली यो मनसुनी सिजनको पहिलो भारी वर्षाले जलमग्न भएको छ । डुबानमा परेपछि सामाजिक सञ्जालमा जनताको आक्रोश देखिएको छ । यस्तो अवस्थामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै विभागका अधिकारीहरूलाई आइतवारको बिदा रद्द गरेर मैदानमा जान निर्देशन दिएका छन्।

केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘हिजो दिल्लीमा १२६ मिलिमिटर वर्षा भयो। मनसुन सिजनको कुल वर्षाको १५ प्रतिशत मात्र १२ घण्टामा परेको छ । जताततै जलमग्न भएपछि मानिसहरु निकै त्रसित भएका छन् । आज दिल्लीका सबै मन्त्री र मेयरहरूले समस्याग्रस्त क्षेत्रहरूको निरीक्षण गर्नेछन्।

सामाजिक संजालमा कतिपयले गोवाको भाव दिल्लीमा देखिएको बताएका छन् भने कसैले दिल्ली सरकारप्रति आक्रोश पोखेका छन् । पानी जमेका कारण दिल्लीको मिन्टो पुल सवारी साधनका लागि बन्द गर्नुपरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि दिल्लीमा एलो अर्लट जारी गरेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा भारी वर्षा भएको छ ।

आज बिहान ५.३० बजेसम्म दिल्लीमा १५० दशमलव ६ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ । यसअघि सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो । सन् १९५८ को जुलाई २१ मा त्यस दिन २६६ मिलिमिटर पानी परेपछि जुलाईमा २४ घण्टाको सर्वकालीन कीर्तिमान कायम भएको थियो ।

आज बिहान ९ बजेको रिपोर्ट अनुसार सफदरजङमा १५३ मिलिमिटर, पालममा ३८ मिलिमिटर, रिजमा १३५ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ जुलाई २५ मा सफदरजङमा १६९.९ मिलिमिटर वर्षा भएको थियो । यसरी हेर्ने हो भने ४० वर्षमा दिल्लीमा एकै दिनमा यति धेरै पानी परेको छैन् ।

यसअघि शनिबार २० वर्षमा पहिलो पटक दिल्लीमा एकै दिन यति धेरै पानी परेको थियो । आज पनि दिल्लीका धेरै क्षेत्र र उत्तर प्रदेशका कर्नाल, कैथल, कुरुक्षेत्रदेखि हरियाणाका साथै बागपत, मेरठ, बुलान शहरलगायतका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top