×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्रिकेट संघको चुनावमा होमिए पूर्व कप्तान पारस खड्का

२८ असार २०८०

२८ असार, काठमाण्डौ ।
नेपालका कीर्तिमानी खेलाडी तथा सफल कप्तानको छवि बनाएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ–क्यानको राजनीतिमा होमिने संकेत गरेका छन् । क्रिकेट टिमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सन्यास लिएपनि निरन्तर क्रिकेटसँग जोडिदै आएका खड्काले आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी हुन आह्वान गरेका छन्।

त्यसका लागि जिल्लाको निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले आ–आफ्नो ठाउँमा गएर सदस्यता लिन र नवीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, स्कोररलगायतलाई आग्रह गरेका छन्। ‘नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने हामीले जिल्लादेखि नै हाम्रो संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ।

Advertisement
Advertisement

त्यसैले सबै स्टेक होल्डरहरुलाई नेपाल क्रिकेट संघको विधान, कोड अफ कन्डक्ट लागु हुने आ–आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु’, छोटो भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै पारसले भनेका छन्।

क्यानको जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय भइसकेको छ। पारसको यो अपिलले उनी क्यानको राजनीतिमा आउने प्रष्ट संकेत मिलेको छ । यद्यपि ३ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका पारसले आसन्न निर्वाचनबारे उनले केही घोषणा गरेका छैनन्।

१७ वर्षे अन्तराष्ट्रिय क्रिकेट करियरमा पारसले नेपाली क्रिकेट अझ नेपाली खेलकुदमै लेजेण्डको रुपमा आफुलाई स्थापित गरेका छन् । १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका पारसले नेपाली क्रिकेटको आरोह अवरोह देखेका छन् । सिनियर टिममा डेब्यु गरेको पाँच वर्ष पछि नै अलराउण्डर पारसले नेपाली टिमको नेतृत्व सम्हाल्ने मौका पाएका थिए ।

पारसले १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी–ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् । पारसको कप्तानीमा २६ टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपाल ११ खेल जितेको छ । यस्तै ६ एकदिवसीय अन्तराष्ट्रियमा नेपालले ३ खेल जितेको छ ।

पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् । पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो । सन् २०१३ को डिभिजन–३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो । पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भएको थियो ।

बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउदै नेपाल इतिहास रच्न सफल भएको थियो । सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो । नेपाललाई टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान हुन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top