भारतले आज ८ करोड डलरको चन्द्रयान–३ प्रक्षेपण गर्दै

Share this
721shares

२९ असार, एजेन्सी ।
भारतले एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्दैछ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ । आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने लक्ष्य राखिएको छ ।

Advertisement

आठ करोड डलरको लागतमा तयार पारिएको चन्द्रयान सफलतापूर्वक गन्तब्यमा पुग्यो भने चन्द्रमाको दक्षिणी भागमा यान पु¥याउने भारत पहिलो देश बन्ने छ । साथै यो अभियान सफल भए चन्द्रमामा रोभर पु¥याउने भारत चौथो देश बन्ने छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ’रोभर’ पु¥याउने भारतको योजना छ । चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन ।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सीयस सम्म छ । यस्तो परिस्थितिमा पृथ्वीबाट पठाइने यानले बोकेका उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुनेछ ।

Advertisement

त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए । त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन यथोचित उपाय अवलम्बन गरिएको जनाएको छ ।

“चन्द्रयान–२ मा प्रयुक्त सफलतामा आधारित प्रारूपको साटो हामीले चन्द्रयान–३ मा असफलतामा आधारित प्रारूप प्रयोग गरेका छौँ,“ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बीबीसीलाई भनेका छन् । चन्द्रयान–२ मा भन्दा यो यानमा निकै सुधार गरिएको इसरोका अध्यक्ष एस सोमनाथले बताएका हुन् ।

Advertisement

भारतले यसअघि पहिलो पटक सन् २००८ मा चन्द्रमा तर्फ चन्द्रयान–१ पठाएको थियो। उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिको थियो। पहिलो चान्द्र अभियानका लागि भारतले ७.९ करोड अमेरिकी डलर खर्च गरेको थियो। चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ। त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ।

भारतको दोस्रो अभियान सञ्चालन गर्दा खर्च झन्डै दोब्बर भएर १२ करोड डलर पुगेको थियो। सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन । भारत चन्द्रमामा पुग्ने लक्ष्यमा रहदा अर्काे छिमेकी राष्ट्र चीनले भने चन्द्रमामा मानिस पठाउने अन्तिम तयारी गरिरहेको छ । अहिलेसम्म अमेरिका, रुस र चीनले चन्द्र धरात चुमिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top