×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जब मेसी सामान किन्दै गरेको भेटिए…

२९ असार २०८०

२९ असार, एजेन्सी ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका विश्वि चर्चित अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसी अहिले अमेरिका पुगेका छन्। अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि परिवारसहित अमेरिका पुगेका मेसीलाई आइतबार क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

त्यसका लागि क्लबले मेसीका पोस्टर राख्दै भव्य सजावट समेत गरेको छ। अमेरिकी शहरहरुमा मेसीका पोस्टरहरु राखिएका छन् । क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला मेसी भने अचानक एक सुपरमार्केटमा देखा परेका छन्। सुपरमार्केटमा पुगेर मेसीले खाद्यन्न सामाग्री किनेका फोटाहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

Advertisement
Advertisement

बिहीबार राति उनी फ्लोरिडाको सबैभन्दा ठूलो चेन पब्लिक्स सुपरमार्केटमा खाद्यान्न सामाग्रीहरु खरिद गर्न पुगेका थिए। उनी आफैंले ट्रली गुडाउँदै सामान किनेको फोटाहरु अहिले सञ्जालमा भाइरल भएका छन्। एक सर्वसाधारण जसरी सुपरस्टार खेलाडी सुपरमार्केट पुगेपछि उनलाई देख्नेहरुले अचम्म मानेका थिए। कतिपयले मेसीको अटोग्राफ लिनेदेखि उनीसँग तस्बिर समेत खिचेका थिए।

७ पटकको बालोन डीओर विजेता मेसी वार्षिक ५४ मिलियन डलरमा सम्झौता गर्दै आफ्नी श्रीमती एन्टोलेना र ३ छोरा थियायो (१०), माटेओ (७) र सिरोस (५)सँगै गत मंगलबार मियामी पुगेका थिए। उनले मियामीमा घर समेत किनिसकेका छन् ।

Advertisement

बुधबार मात्रै मियामी बिचमा पारिवारिक डिनरमा भेटिएका थिए। डिनर गरेर बाहिर निस्किँदै गरेका बेला एक फ्यानले मेसीलाई चुम्बन समेत गरेका थिए। बार्सिलोना लेजेन्डले पोर्श डिजाइन टावरमा एउटा अपार्टमेन्ट समेत किनिसकेका छन् । जहाँबाट मियामी तटको सहजै दृश्यावलोकन गर्न सकिन्छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top