×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

भद्रपुर उडेको जहाज आकाशबाटै फर्कियो

२९ असार २०८०

२९ असार, काठमाण्डौ ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ । “काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ,“ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेर उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । प्रवक्ता सिटौलाका अनुसार जहाज दिउँसो १ः५३ बजे काठमाडौंबाट उडेको थियो । काठमाडौंबाट १५ माइल पर पुगेपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो ।

Advertisement
Advertisement

दिउँसो २ः१० बजे जहाज काठमाडौंमा अवतरण गरेको उनले बताए । यसअघि असार ११ गते भैरबहवा उड्न लागेको बुद्धको जहाजमा समस्या आएको थियो । जेठमा जनकपुरबाट काठमाडौंमा उडान भर्नेक्रममा जहाजमा मुसा भेटिएको थियो ।

यसअघि पनि काठमाडौं बाट पोखरा र विराटनगरको उडानमा पनि प्राविधिक समस्या देखिइसकेको छ । बुद्ध एयरसँग एटीआर कम्पनीका जहाज छन् । विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ ।

Advertisement
Advertisement

बरु सुरक्षाकै लागि सुविधा कम भएको विमानस्थलमा अवतरण प्रयास नगरी जहाजलाई काठमाडौं डाइभर्ट गरिएको उसले बताएको छ । बुद्ध एयरले पटक पटक विज्ञप्ती जारी गर्दै कम्पनी हवाई सुरक्षाका लागि प्रतिवद्ध रहेको दोहो¥याउदै आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top