ए आईमा तीव्र प्रतिस्पर्धा/अब एप्पलले पनि एप्पल जीपीटी ल्याउने

५ साउन, एजेन्सी ।
आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स विश्वका प्रमुख कम्पनीहरु बीच तीव्र प्रतिस्पर्धाको कारण बन्न थालेको छ । चर्चित च्याट जिपीटीलाई टक्कर दिने गरी विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले पनि आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्ने भएको छ । यसका लागि एप्पलले एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ ।

उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ । ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ । यद्यपि एप्पलले आधिकारिक रुपमा यसको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

तथापि एप्पल जीपीटी आउने चर्चा चलेसँगै आम इन्टरनेट प्रयोगकर्ता तथा लगानीकर्ताहरुको समेत ध्यान आकर्षित भएको बताइएको छ । एप्पल जीपीटीको सहयोगमा कम्पनीले केही नयाँ फिचरहरु उपलब्ध गराउन सक्दछ । त्यसको सहयोगमा टेक्स्टहरुको सारांश खिच्न सकिनेछ र डेटाको आधारमा प्रश्नहरुको जवाफ समेत दिन सकिनेछ ।

Advertisement

साथै उक्त एआईको क्षमतालाई अन्य एपहरुमा समेत आबद्ध गरिने बताइएको छ । एआई प्लाटफर्मको विकास गर्नका लागि एप्पलले एउटा टिम नै गठन गरेको छ । उक्त टिमको नेतृत्व जोन गियान्नान्ड्रियाले गरेका छन् जो एप्पलको मेसिन लर्निंग तथा एआई विभागका प्रमुख हुन् । एप्पलको आर्टिफिसियल इन्टेलिजेन्सले स्मार्टफोन, मोबाइल एप तथा भिजन प्रोलाई अझै उत्कृष्ट बनाउनमा सहयोग गर्नेछ ।

एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीबाट अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन । सिरीको प्रतिस्पर्धीको रुपमा गुगलको भ्वाइस असिस्टेन्ट पनि रहेको छ जसलाई ओके गुगल बोलेर एक्टिभेट गर्न सकिन्छ । एप्पलले नयाँ एआई प्लाटफर्मसँगै सिरीमा पनि थप सुधार गर्दैछ÷छैन भन्ने बारेमा भने केही खुलेको छैन ।

Advertisement

यसअघि टेस्लाका मालिक एलन मस्कले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीको घोषणा गरेका थिए । पछिल्लो समय एआईको चर्चा बढेसँगै मस्कले सञ्चालनमा ल्याउने भनिएको ‘एक्सएआई’ स्टार्टअप गएको एक साता अघि सार्वजनिक भएको छ । मस्कको नयाँ कम्पनी ‘एक्सएआई’ मा ओपनएआई र गुगलमा काम गरिसकेका इन्जिनियर छन् ।

एआई विकासका काम रोक्नुपर्छ, एउटा निष्पक्ष निकाय बनाएर एआईका काम नियमन गर्नुपर्ने भन्दै यसअघि मस्कले आफ्नो सो परियोजना स्थगित गरेका थिए । अहिले भने हरेक आधारभूत कुराको वास्तविकता बुझाउने उद्देश्यले एक्सएआई ल्याएको मस्कको भनाइ छ ।यो आर्टिफिसयल इन्टेलिजेन्स कम्पनी के कुरामा केन्द्रित हुन्छ, कति लगानी गरिएको छ, यसको प्रमुख उद्देश्य के के हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आइसकेको छैन ।

एक्सएआईको ट्वीटर ह्यान्डलबाट भएको ट्वीटमा भने कम्पनीले आफ्नो प्रमुख लक्ष्य भनेकै ब्रह्माण्डको प्रकृतिबारे बुझाउने रहेको उक्लेख छ । एआई च्याटबटलाई तालिम दिन प्रयोग गरिएका डेटाबारे पनि मस्क चिन्तित छन् । एआई च्याटबटले ट्वीटरमा सार्वजनिक रूपमा उपलब्ध हुने डेटा चोरी गरेको उनको आरोप छ ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top