×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

ओलीको ‘होली वाइन’ को कनेक्सन के हो ?

१० श्रावण २०८०

१० साउन, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक होली वाइनको विवादमा तानिएका छन् । सोमबार मात्रै ओली कम्बोडियाबाट फर्किएका थिए । कम्बोडियामा निर्वाचन पर्यवेक्षणका लागि गएका ओलीले त्यहाँ आयोजित युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका छन् । जो नेपालमा होली वाइनको नामले विवादित छ ।

फेडेरेसनको ‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष ओलीद्वारा सम्बोधन’, ओलीको सचिवालयले तस्बिरसहित दिएको सूचनामा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि पत्नी राधा शाक्यसहित अध्यक्ष ओली गत साउन २ गते कम्बोडिया गएका थिए । ओलीले साउन ६ गते अर्थात् २२ जुलाईमा कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका हुन् ।

Advertisement
Advertisement

युनिभर्सल पिस फेडेरेसनकाले नेपालमा केही वर्षअघि गरेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओली र नेता माधवकुमार नेपाल सहभागी भएका थिए । होटल हयातमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री नै सहभागी भएको भनेर चर्को विरोध भएको थियो । त्यसबेला परिवार दलका अध्यक्ष समेत रहेका नेता एकनाथ ढकाल उक्त फेडेरेसनका नेपाली एजेण्ट रहेका थिए ।

ढकाल अहिले एमालेबाट सांसद बनेका छन् । उनी पनि ओलीसँगै कम्बोडिया पुगेका थिए । आधिकारिक रूपमा ‘फ्यामिली फेडेरेसन फर वल्ड पिस एण्ड रियुनिफिकेसन(विश्व शान्ति तथा पुनर्मिलनका लागि पारिवारिक महासंघ)’ नाम रहेको युनिफिकेसन चर्चलाई सन् १९५४ मा सन म्युङ मुनले दक्षिण कोरियामा स्थापना गरेका थिए ।

युनिफिकेसन चर्च स्थापना गर्दा मुनले आफू नयाँ ‘मसिया(उद्धारक)’ भएको र क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले पुरा गर्न नसकेको काम काम पूरा गर्न आएको दाबी गरेका थिए । यसअघि युनिफिकेसन चर्च जापानमा पनि विवादमा परेको थियो । पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा यो चर्च मुछिएको थियो । आबेलाई गोली प्रहार गर्ने ब्यक्तिकी आमाले यो चर्चलाई १० करोड येन दान दिएकी थिइन ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top