१० साउन, एजेन्सी ।
नेपाल–भारत लगायत अन्य केशी देशमा आकाशबाट पानी पार्नका लागि भ्यागुताको विहे गराउने चलन पूरानो हो । यस्तै दोष मेटाउनका लागि भन्दै मानिसहरुको पनि विभिन्न जनावर, बोटविरुवासंग विवाह गराइदिने गरेको पनि पाइन्छ । यसलाई प्रकृति पुजक र रुढीबादी परम्पराका रुपमा हेर्ने गरिएको छ ।
पछिल्लो समय इन्डोनेसियामा एक यस्तो विवाह सम्पन्न भएको छ जसको चर्चा अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत भइरहेको छ । किनभने सो विवाह एक जोडी कुकुरको भएको छ । कुकुरको विवाह त यसअघि पनि भएका थिए तर इन्डोनेसियाको कुकुरको बिवाह निकै नै खर्चिलो भएपछि भने यो चर्चा र आलोचनाको विषय बनेको छ ।
इन्डोनेसियाका दुई महिलाले आफ्नो कुकुरहरूको विवाह गराएका छन् । त्यो पनि निकै भव्य ढंगले । सो घटनाको व्यापक आलोचना भए पछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ । इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरुकोको विवाह गराईएको थियो ।
दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो । कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो । ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए ।
त्यसपछि मालिकले अगाडि आएर माफी मागेका थिए । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् । संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ । यसअघि इन्डोनेसियाका एक नेताले गोहीसँग आफ्नै विवाह गरेका थिए ।