९९० जना विद्यार्थीहरुलाई कान्तिपुरको अभिमुखिकरण

१० साउन ,विराटनगर ।
विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका आफ्ना नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । एक कार्यक्रमको आयोजना गर्दै नयाँ भर्ना भएका ९ औं व्याजका ९९० जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

Advertisement

भर्ना भएका मध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ५२० र होटल व्यवस्थापनमा १२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको प्रिन्सिपल नेपालले बताए । अभिमुखिकरणमा विद्यार्थीहरुलाई कलेजको नियम, तथा उत्कृष्ट नतिजा ल्याउनका लागि अपनाउनु पर्ने उपायका विषयमा पनि जानकारी गराएको उनले बताए ।सो अवसरमा मनोरन्जनका लागि विद्यार्थीहरुले नृत्य र गायक तुलसी घिमिरले गीत प्रस्तुत गरेका थिए।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्य इकाइ मोरङका प्रमुख टंकप्रकाश गौतमले प्रविधिको विकास सँगै रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको बताए ।उनले गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताए । कान्तिपुरमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान विषयमा अध्ययन अध्ययापन हुदै आएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top