महाकालीको पानी सतर्कता तहनजिक

१२ साउन ८०, शनिबार

१३ साउन, काठमाण्डौ ।
भारी वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । बाढीमापन केन्द्रका अनुसार जलसतह सतर्कता तह आसपास पुगेको छ । महाकाली नदीमा आज जलसतह सतर्कता तह आसपासमा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, कमला नदीका स–साना सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।

विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । अहिले पनि पूर्वका कोशी र मधेस प्रदेशका केहि ठाउँमा पानी परिरहेको छ । अरु केहि पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ हुँदा भारतमा धेरै पानी पर्छ भने उत्तरतर्फ हुँदा नेपालमा पानी धेरै पर्छ । महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top