सुन प्रकरणमा ठमेलबाट होटल संचालक पक्राउ

१४ साउन,काठमाण्डौ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति दावा छिरिङलाई पक्राउ गरेको छ । उनी सोही होटलका संचालकमध्यका एक हुन् । तिब्बती मूलका बेल्जिमयका नागरिक हुन् । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।

उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम रहेको पाइएको छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभागले जनाएको छ । नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए ।

‘तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ । उनी फेरि भिजिट भिषामा नेपाल आएको देखिइएको छ।’ ‘शनिबार बेलुका नै होटलमा छापा मारेर त्यहाँको कागजात र उनलाई पक्राउ गरिएको हो, अहिले अनुसन्धान जारी छ।’

Advertisement

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले सुन प्रशोधन गर्ने कारखाना फेला पारी सिल गरेको छ । शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो । त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली जिक्वाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पु¥याउने गरेको पाइएको छ ।

‘झण्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पु¥याइएको पायौँ,’ एक अधिकारी भन्छन्, ‘यो सुनका सञ्चालकले नै हङकङबाट साउन २ मा सुन ल्याएको हुनसक्छ । यद्यपि यसको कनेक्सन केलाउने काम भइरहेको छ ।’ त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

Advertisement

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’ यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।

हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ । अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो । त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top