एम्बाप्पे साउदी नजाने, अब कता जान्छन् ?

१४ साउन,एजेन्सी ।
अर्जेन्टिनी स्टार लियोनल मेसीले नपत्याएपछि फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई भित्र्याउने साउदीको चाहाना पनि अधुरै रहने भएको छ । साउदी क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी मेगा अफरलाई एमबाप्पेले अस्वीकार गरेका छन्। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो।

अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको प्रयास विफल भएको छ ।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ। उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ। तर पीएसजीको त्यो चाहानालाई पनि एम्बाप्पेले पूरा हुन् नदिने देखिएको छ ।

यदिन एम्बापे साउदी गएको भए पीएसजीले पनि सम्झौता अवधिको मोटो रकम पाउने थियो । सम्झौता नलम्ब्याउने बताएका एमबाप्पेलाई पीएसजीले प्रि–सिजनको टोली घोषणा गर्दा बाहिरै रोखेको थियो। त्यसपछि एमबाप्पे र पीएसजीको दूरी झनै बढेको छ। एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ।

इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला–लिगा रियल मड्रिड अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्। यो एमबाप्पे भित्र्याउने दौडमा अहिले सबैभन्दा अगाडि इंग्लिस क्लब लिभरपुल छ। लिभरपुलले लोनमा एमबाप्पेलाई भित्र्याउन चाहेको र त्यसका लागि धेरै विषयमा कुराकानी भइरहेको दाबी स्पेनिस स्पोर्ट्स् पत्रिका मार्काले उल्लेख गरेको छ।

यसका लागि लिभरपुल र पीएसजीबीच कुराकानी भइरहेको दाबी गरिएको छ। योसँगै एमबाप्पे जानसक्ने दोस्रो बलियो विकल्पको रुपमा रियल मड्रिडलाई हेरिएको छ। यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा स्वयम् एमबाप्पेले व्यक्त गरेका थिए। रियल मड्रिडसँग भने अहिले खेलाडी खरिद तथा लोनका लागि जम्मा २३० मिलियन युरो अर्थात १९८ मिलियन पाउण्ड रकमको मात्रै बाउन्ड्री छ।

यो भन्दा बढी रकम खर्च गरेको अवस्थामा ला–लिगाले रियललाई कारबाही गर्नेछ। अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। जसकारण लोनमा भए पनि एमबाप्पे पीएसजी जानसक्ने बताइन्छ। यदि भनेअनुसार कुनै क्लबमा आबद्ध नभएको अवस्थामा अबको एक सिजन एमबाप्पे पीएसजीमै बस्नुपर्ने हुन्छ।

किनकि पीएसजीसँग उनको १ वर्ष सम्झौता बाँकी नै छ। सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो। एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top