Nepal Times
Nepal Times
72
Shares

५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

१५ साउन ,काठमाडौँ ।

लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ ।

यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार ५ अंकले बढ्दा १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

आज सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । यसबाहेक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । परिसूचक बढेपनि आज जलविद्युत कम्पनी समूहको सूचक ८.५७ अंकले घटेको छ ।

यस्तै, लघुवित्त समूहको सूचक ४.१० अंघले घटेको छ भने म्यूचुअल फण्ड समूहको सूचक समा समेत गिरावट आएको छ । परिसूचक बढेको दिन व्यापार समूहको सूचक ५६अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक २५ अकले बढेको छ भने वित्त समूहको सूचक २३ अंकले बढेको छ । विकास बैंक समूहको सूचक १८ अंक बढ्दा बैंकिङ समूहको सूचक ९ अंकले बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.