१७ साउन, एजेन्सी ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो । जसमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो । निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ ।
त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार ग्यास सिलिण्डरको मूल्य घट्ने र अन्यको बढ्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागू हुने उनको भनाइ छ ।
गत वर्ष असार ३१ गते परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो । त्यहीअनुसार अहिले प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुने गरेको छ ।
यसले गर्दा प्रत्यक्ष रुपमा भारतबाट घटेर वा बढेर आउने तेलको नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य निर्भर हुन्छ । त्यसैले यो पटक पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने निगमले जनाएको छ । तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घट्ने भएको छ ।