११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिट्ठा

१७ साउन, एजेन्सी ।
भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ११ जना महिलाको आर्थिक अवस्था एक चिट्ठाले क्षणभरमै बदलिदिएको छ । सरसफाइमा संयुक्त रुपमा काम गर्ने महिलाहरुले १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् । पुरस्कार घोषणा हुनुअघि यी सबै महिलाको आर्थिक अवस्था यति नाजुक थियो कि उनीहरूले दुई सय ५० रुपैयाँको टिकट किन्न संयुक्त रुपमा पैसा जम्मा गर्नुपरेको थियो ।

यसै कारण नौ जनाले २५–२५ रुपैयाँ र दुई जनाले साढे १२ रुपैयाँका दरले रकम उठाएर संयुक्त रुपमा खरिद गरेको दुई सय ५० रुपैयाँको चिट्ठाले १० करोड रुपैयाँ जितेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अब उनीहरुले सरकारलाई तिर्नुपर्ने कर कटाएर ६ करोड ३० लाख रुपैयाँ पाउनेछन् ।

Advertisement

दामासाहीले भाग लगाउँदा २५ रुपैयाँको दरले रकम उठाउने नौ जनाले जनही ६३ लाख रुपैयाँ र साढे १२ रुपैयाँका दरले रकम उठाउने दुई जनाले संयुक्त रुपमा ६३ लाख रुपैयाँ पाउनेछन् । नकुहिने फोहोर संकलन गर्ने ती महिलाहरुले दिनको दुई सय ५० रुपैयाँ ज्याला पाउँछन् । चरम आर्थिक अभावको जीवन बिताइरहेका आफुहरुको लागि चिट्ठाको रकम बरदान सावित भएको उनीहरुले बताएका छन् ।

लाखौँ रुपैयाँको चिट्ठा जिते पनि उनीहरुले काम भने नछाड्ने बताएका छन् । यही कामले भाग्य खुलेको कारण काम नछाड्ने निर्णय गरेको ७२ वर्षकी कुट्टीमालुले बताएको बीबीसीले जनाएको छ । रिपोर्टका अनुसार २६ जुलाईमा यी महिलाहरु सामान्य रुपमा आफ्नो काम गरिरहेका थिए । त्यही क्रममा उनीहरुले १० करोडको चिठ्ठा जितेको थाहा पाए । सबैलाई चिन्न केही समय लाग्यो ।

Advertisement

२७ जुलाईमा सबैको नाम बाहिर आयो । द हिन्दुको रिपोर्ट अनुसार उनीहरुको नाम शिजा, पार्वती, बिन्दु कोजुक्कुमल, लीला कुरुलिल, रश्मी पुल्लनचेरी, कार्तियानी पट्टनाथ, राधा मुन्डुपलाथिल, कुट्टीमालु चेरुकुट्टिल, बेबी चेरुमनिल, चन्द्रिका थुडुसेरी र शोभा कुरुलिल रहेको छ। केरला राज्यमा निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । तर राज्य सरकार स्वयंले चिट्ठा सम्बन्धी एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top