सुन प्रकरणमा महराले गरेको फोनको वास्तविकता के हो ?

१८ साउन,काठमाण्डौ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको पुनः दाबी गरेका छन् । पूर्वसभामुखसमेत रहेका महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला महराले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका हुन् ।

यस क्रममा उनले सुन तस्करीका बिचौलियासँग फोन सम्पर्क गरेको भनी सञ्चारमाध्यममा सार्वजनिक फोन नम्बर आफ्नो नभएको स्पष्टीकरण पनि दिएका छन् । तर उनले आफ्ना छोरा राहुल महराका विषयमा भने केही बोलेका छैनन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु। फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’, माओवादी नेता महराले बिहीबार बिहानै जारी गरेको वक्तव्यमा भनिएको छ,‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु।’

Advertisement

साथै उनले सुन तस्करी प्रकरण अनुसन्धानमा आफूले पनि सघाउने वचन दिएका छन् । ‘साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भनेका छन्, ‘अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’ गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफतगरेको थियो ।

उक्त सुन चिनियाँ नागरिक ली हानसङले ल्याएका थिए । तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुल महराले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजनिक भएको थियो । महराले चिनियाँसँग गरेको टेलिफोन संवाद नै सार्वजनिक भएको थियो । माओवादी नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरालाई उक्त प्रकरणबाट जोगाएको आरोप छ ।

Advertisement

यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का,कागेश्वरी मनहरा–९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक पक्राउ परेका छन् ।

अमृत कार्कीलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । बाँकीलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ । यस प्रकरणमा जोडिएका तीन जना भने फरार छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो घटनाको अनुसन्धान गरेको हो । आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top