आँखा पाक्ने सरुवा रोगबाट कसरी बच्ने ?

१८ साउन, काठमाण्डौ ।
पछिल्लो समय आँखा पाक्ने सरुवा रोग (कन्जङटिभाईटिस) का कारण देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । मनसुनको समयमा धेरै देखा पर्ने नेत्रश्लेष्मलाह अर्थात कन्जङटिभाईटिस भनेको नेत्रश्लेष्म (कन्जङटिभा)को सूजन हो । आँखाको सेतो भागको बाहिरी तह र पलकको भित्री सतहलाई कन्जङटिभा भनिन्छ ।

कन्जङटिभाइटिसका मुख्य तीन प्रकार हुन्छन्ः एलर्जी, संक्रामक र रासायनिक । कन्जेक्टिभाइटिसको कारण प्रकार अनुसार फरक हुन्छ । अहिले यसको संक्रमण फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेत्र रोग विशेषज्ञहरुको भनाई छ ।

हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न चिकित्सकले सुझाव दिएका छन् ।

Advertisement

आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन । डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन सक्छ ।

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरु के के हुन् ?

Advertisement

एक्कासी आँखा रातो हुने,आखाँ धेरै चिलाउने,आखाँमा कचेरा लाग्ने तथा नखुल्ने टाँसिने,आसु बगिरहने,आँखा सुन्निने, दुख्ने, बिझाउने,घाम तथा उज्यालो प्रकाश हेर्न गाह्रो हुने ।

आँखा पाक्ने रोगबाट बच्ने उपायहरुः
जथाभावी रुपमा आखाँ नछुने,आखाँ छुनुभन्दा पहिले राम्रोसँग साबुनपानीले हात धुने,चिसो सफा पानीले आखाँ बारम्बार सफा गरिरहने,अरुले प्रयोग गरेका तौलिया वा रुमाल प्रयोग नगर्ने,व्यक्तिगत सरसफाईमा ध्यान दिने ।

आखाँ पाक्ने रोग लागिहालेमा के गर्ने ?
पटक पटक चिसो सफा पानीले आखाँ सफा गर्ने,आखाँ छोएपछि हरेक पटक साबुन पानीले हात राम्ररी सफा गर्ने,आफूले प्रयोग गर्ने तौलिया, रुमाल, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग वा छुन नदिने
कालो चस्माको प्रयोग गर्ने,आफूले प्रयोग गरेको सिरानीको खोल, तन्ना सधै फेर्ने,जथाभावी औषधिको प्रयोग नगर्ने,  डाक्टरसँग परामर्श लिने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top