×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्तु सेलाउन देवघाट पुगेका लोकेन्द्र नारायणीमा बगेर बेपत्ता

१९ श्रावण २०८०

१९ साउन,काठमाण्डौ ।
अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्।देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका छन्।शुक्रबार बिहानदेखि उनी बेपत्ता छन्।

भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए।रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि भारतको लखनउस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको थियो।शव ल्याएर तुलसीपुर १२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा भुसाल नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताए।बेपत्ता भुसालको खोजीका लागि गोताखोर पनि बोलाइएको छ। भुसाल नुहाउनका लागि नदीमा पसेका थिए।

‘किनारमा मोबाइल, पर्स र कपडालगायत राखेर नुहाउन भन्दै उहाँ नदी पस्नुभएको रहेछ,’ उनले भने, ‘त्रिशूली र कालीगण्डकी मिसिने दोभानबाट उहाँलाई बगाएको देखिन्छ, पुरोहितले दोभानतिर नजानु भनेका थिए रे, जानुभएछ।’

Advertisement

भुसाल जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे। उनका परिवार बाँकेस्थित कोहलपुरमा डेरा लिएर बस्ने गर्छन्।भुसालका ससुरा ईश्वरी बस्नेतले ज्वाइँ नारायणी नदीमा बेपत्ता भएको खबर आएको बताए। ‘हामी देवघाट जाँदैछौं,’ उनले भने।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top