भारतमा सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

१९ साउन,एजेन्सी ।

भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ।यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ।गान्धीलाई मानहानी मुद्दामा २ वर्ष सजाय सुनाइएको थियो। यससँगै गान्धी लोक सभा सांसदका लागि पनि अयोग्य भएका थिए।

Advertisement

गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। यसविरूद्ध गान्धीले उच्च अदालतमा पनि पुनरावेदन गरेका थिए।

४ वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयोरु’ भन्ने अभिव्यक्ति दिएका थिए।गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

Advertisement

सर्वोच्चको आदेशपछि भारतीय कंग्रेस आईले पत्रकार सम्मेलन गरेको छ। कंग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। उनले लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top