×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

बेपत्ता भएको अन्तरिक्ष यान “भ्वायजर टू“ सम्पर्कमा आयो

२० श्रावण २०८०

२० साउन, एजेन्सी ।
पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण गत महिनादेखि सम्पर्कबाहिर रहेको अन्तरिक्ष यान भोइजर टू पुन सम्पर्कमा आएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) को गलत निर्देशनका कारण सम्पर्कबाहिर पुगेको सो यानसँग पुनः सम्पर्क भएको नासाले जनाएको छ । भोइजर टू पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको छ ।

नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भोइजर टू सम्पर्कमा आएको हो । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग गरेको हो ।

Advertisement
Advertisement

पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा टाढा रहेको भोइजर टू मा पृथ्वीबाट पठाएको सन्देश पुग्न १८ घण्टा र त्यहाँबाट पृथ्वीमा सन्देश आइपुग्न पनि १८ घण्टा नै लाग्छ । त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ । सन् १९७७ मा प्रक्षेपण गरिएको भोइजर टू ले वृहस्पति र शनिसहित चन्द्रमाहरुको अनुसन्धानका लागि महत्त्वपूर्ण सन्देशहरु पठाइरहेको थियो।

भोइजर वान र भ्वायजर टू एकै वर्ष अन्तरिक्षमा पठाइएका थिए । यी दुवै अन्तरिक्षबाट सबैभन्दा टाढा रहेका अन्तरिक्ष यान हुन् । भोइजर टू ले केही समयदेखि सूर्यबाट बाहिर निस्कने अत्यधिक ऊर्जावान आयनहरू मिलेर बनेको इन्टर स्टेलर स्पेसको अन्वेषण गरिरहेको छ । गत जुलाई २१ यता उक्त यानले ’कमान्ड’ लिन वा नासाको ’डीप स्पेस नेटवर्क’लाई डेटा पठाउन सकिरहेको थिएन ।

नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ । तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन । सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्। नासाले भोइजर टूले अहिले पनि “राम्रो अवस्थामा“ सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ ।

यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ । भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म ’हेलिओस्फिअर’ र समग्र सौर्यमण्डलबाहिर रहेर काम गर्न सकेका छन् । सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ ।

ती दुई यान ’इन्टर्स्टेलर स्पेस’ अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए । ती यानलाई सौर्यमण्डलका “बाह्य ग्रहहरू“को दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो । त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ ।

Advertisement

भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो । अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो । ती प्रत्येक यानमा पृथ्वीका कुरा “बाह्य संसार“ लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ’गोल्डन रेकर्ड’ राखिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top