×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

झलनाथले आफ्नै पार्टीलाई ‘रावणजस्तो’ भने

२१ श्रावण २०८०

२१ साउन, काठमाण्डौ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई आफैंले रावणसंग तुलना गरेका छन् । उनले नेकपा एस निरीह भएको टिप्पणी गरेका छन् । जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन् ।

उनले पेस गरेको ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ विषय लिखित प्रस्तावमा नेकपा एस दक्षिणपन्थी र माओवादीको पुच्छर भएकोसमेत उल्लेख गरेका छन् । साथै चुनावमा गठबन्धन घटक कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई धोका दिएको पनि उल्लेख छ ।

Advertisement
Advertisement

खनालले पार्टी खिइँदै गएको भन्दै पार्टी बैठकमा आलोचनात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । पार्टीको स्थायी कमिटीको बैठकमा खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीतिक प्रतिवेदनमा अहिले पार्टीमा कुनै उत्साहजनक अवस्था नरहेको उल्लेख छ । राजनीतिक प्रतिवेदनमा उनले पार्टी संगठनको अवस्थालाई राणवको शरीरसँग तुलना गरेका छन् ।

’हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गा¥हो पर्ने अवस्थामा भएको महसुस हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ’त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो । ’ खनालको प्रतिवदेनमा भनिएको छ – पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तलसम्म पनि छ ।

जनवर्गीय संगठनको ढाँचा विकास गरिएको छ । युवा विद्यार्थी संगठन पनि छन् तर निष्क्रिय र दिशाहीन छन् । ’आम कार्यकर्ताहरुमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्ति विकास भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उनले स्थानीय चुनावको समयमा ६ लाख भोट आएकोमा अहिले आमनिर्वाचनसम्म आइपुग्दा ५० प्रतिशत कम भएर ३ लाखमा झरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यस्तै वैचारिक भिन्नता देखाउन नसक्दा पार्टीका कार्यकर्ताहरु एमालेका फर्किन थालेको निष्कर्ष नेता खनालको छ । ’हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन ।

हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र (एमाले)मा पनि जबजकै धङधङी छ,’ उनले भने ’त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक÷सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।’ पार्टीभित्र कहाँ कमजोरी छ र कुन कमजोरीका कारण यस्तो भइरहेको भन्दै उनले प्रतिवेदनमार्फत प्रश्न गरेका छन् ।

खनालले प्रश्न गर्दै प्रतिवेदनमा लेखेका छन्, ’हामीले यी सम्पूर्ण कमी कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सवल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्तरविरोध र प्रधान प्रतिद्धन्द्धीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ ।’

उनले वैचारिक रुपमा स्पष्ट भए मात्रै पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको सञ्चार हुने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले यसरी आफ्नै पार्टी रावणको टाउको जस्तै भएको, तलबाट खिइदै गएको टिप्पणी गरिरहँदा समाजवादीका अन्य नेताहरुले पनि नेतृत्वको आलोचना गरेका छन् । नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अर्कातर्फ खनालले लिखित फरक मत राखेलगत्तै उनीमाथि नै माधव नेपालनिकट नेताले प्रश्न उठाएका छन् । नेकपा एसनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पहिले ‘जबज’लाई दक्ष प्रजापतिको टाउको देख्नेले अहिले आफैैंले निर्माण गरेको पार्टीलाई रावणको टाउको देख्न थालेको भन्दै खनालमाथि कटाक्ष गरेका छन्।

बैठक चलिरहेका बेला पराजुलीले खनालप्रति लक्षित गर्दै सामाजिक संजालबाटै जवाफ दिएका छन् । उनले सम्मानमाथि सम्मान पाइरहेको भन्दै खनाललाई अब राजनीतबिाट विश्राम लिन आग्रह गरेका छन् ।

Advertisement

भर्खरको समाचार

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सम्बन्धित खबरहरु

Scroll to Top