विराटनगर ः एक नम्बर प्रदेशमा त्रियाशिल संयुक्त टे«ड युनियनहरुले मजदुरलाई राज्यले तोकेको न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै चारवटा टे«ड युनियनहरुले राज्यले साउन १ गतेदेखि लागु गरेको न्युनतम पारिश्रमिक एकसाता भित्र कार्यान्वयनमा नआए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
नेपाल टे«ड युनियन महासंघ, नेपाल टे«ड युनियन काङ्ग्रेस, अखिल नेपाल टे«ड युनियन महासंघ, नेपाल समाजवादी टे«ड युनियन महासंघले राज्उले साउन १ गतेदेखि लागु गरेको न्युनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
सरकारले साउन १ गतेदेखि लागु हुने गरी न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैँया तोकेको छ ।