×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

शुल्क उठाउन नपाउने भएपछि विद्यालय संचालक सडकमा

२५ श्रावण २०८०

२५ साउन, काठमाण्डौ ।
सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता कार्यक्रम घोषणा गरिसकेका छन् ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा ऐन २०८० मा निजी विद्यालयलाई नियमन गर्न खोजेपछि विद्यालय संचालकहरु आन्दोलित बनेका छन्। प्रधानमन्त्री कार्यालयको स्रोतबाट प्राप्त शिक्षा विधेयकको दफा २ (झ) बमोजिम विद्यालयले विद्यार्थी वा निजको अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने प्रावधान छ।

Advertisement
Advertisement

तर हाल सञ्चालित निजी वा संस्थागत विद्यालयहरुले अनेकौं शीर्षकमा विद्यार्थी वा अभिभावकमार्फत् लाखौं रकम असुली रहेका छन्। विधेयकको परिच्छेद २ मा विद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था छ। उक्त परिच्छेदको दफा ४ मा निजी विद्यालय स्थापना सम्बन्धी व्यवस्था छ। दफा ४ को उपदफा १ ले निजी विद्यालय लगानीको विद्यालय सञ्चालन गर्दा विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालन गर्नु पर्ने प्रावधानको व्यवस्था गरेको छ।

उपदफा २ बमोजिम सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नराखी स्थानीय तहमा दर्ता गरी सार्वजनिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान छ। साथै उपदफा ३ ले कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयले ५ वर्षभित्र शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने बाध्यकारी प्रावधानको व्यवस्था गरेको छ।

उक्त प्रावधानविरुद्ध निजी विद्यालयका संस्थाहरु प्याब्सन, हिसान र नेशनल प्याब्सनले विरोध जनाएका छन। मुनाफा लिन नपाउने भएपछि उनीहरुले संयुक्त विज्ञप्तिका साथै पत्रकार सम्मेलनको आयोजना गर्दै विरोध जनाएका हुन्। संस्थागत विद्यालयहरु गुठीमा रुपान्तरण गर्नुअघि त्यस्ता विद्यालयले अनिवार्य रुपमा दायित्व फरफारक गर्नुपर्ने व्यवस्था रहेको छ। विधेयकको दफा १५ मा शुल्कसम्बन्धी व्यवस्था गरेको छ।

उक्त दफाको उपदफा १ अनुसार सार्वजनिक विद्यालयले कुनै शुल्क लिन नपाउने व्यवस्था भए पनि सोही दफाको उपदफा २ बमोजिम निजी लगानीका विद्यालयहरुले राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमा भित्र रहेर मात्रै शुल्क लिने पाउने व्यवस्था छ। सो दफाका कारण अनेक विषयमा चर्को शुल्क लिइरहेका निजी तथा संस्थागत विद्यालयहरु शुल्क लिन पाउने छैनन्।

दफा १९ मा विद्यालयले यो ऐन वा ऐन अन्तर्गत बनेका नियमविपरीत कुनै काम गरेमा स्थानीय तहले त्यस्तो विद्यालयको अनुमती खारेज गर्न सक्ने व्यस्था गरेको छ। तर अनुमति रद्द गर्नुपूर्व सम्बन्धीत विद्यालयलाई सफाईको मौका दिनु पर्ने व्यवस्था रहेको छ।

दफा १४७ को उपदफा (१) अनुसार निजी लगानीका विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पदपूर्ति, पारिश्रमिक र सेवा शर्त सम्बन्धी व्यवस्था स्थानीय तहबाट स्वीकृत गराई लागू गरेको विनियम बमोजिम हुने प्रष्ट उल्लेख गरेको छ।

यस बुँदा अनुसार निजी विद्यालयहरुले आफू खुसी पारिश्रमिक दिन नपाउने भएका छन्। २ उपदफा (१) बमोजिमको नियम बनाउँदा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था राष्ट्रिय मापदण्डको प्रतिकूल नहुने गरी स्थानीय तहको कानूनमा व्यवस्था भए बमोजिम गर्नु पर्ने छ।

Advertisement
Advertisement

दफा १४८ मा सार्वजनिक शैक्षिक गुठीका विद्यालय वा निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा सार्वजनिक विद्यालयले आफ्नै स्रोतबाट व्यहोर्ने गरी नियुक्त गरेको शिक्षकलाई दिइने तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धित विद्यालय आफैँले व्यहोर्नु पर्ने प्रावधान राखिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top