निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ गरेपनि तथ्थ खुलेन

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन। , यो खबर आजको नागरिक दैनिकमा छ ।

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौं, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं,’ उनले भने, ‘शंकास्पद सबैमाथि सबै कोणाबट अनुसन्धान गरिरहेका छौं।’ अहिलेसम्म कुनै ठोस तथ्य खुल्न नसकेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो।

यस अवधिमा धेरै प्रमाण नष्ट भइसकेकाले अनुसन्धानमा जटिलता उत्पन्न भएको उनको भनाइ छ। ‘हामीले वास्तविक घटनास्थल नै हेर्न पाएनौं, कतिजनाले कुल्चे होलान्, कति पानी बग्यो, एक महिना ढिलो हुँदा अनुसन्धान गर्न गाह्रो भएको छ,’ उनले भने। सोधपुछमा रोशनी बम दिदी बहिनीबाट पनि अहिलेसम्म कुनै कुरा खुलेको छैन।

Advertisement

कञ्चनपुरका पूर्वएसपी डिल्ली बिष्टका छोरालगायत शंकास्पद मानिएका सबैसँंग सोधपुछ गरिए पनि कुनै तथ्य खुल्न नसकेको उनी बताउँछन्। ‘एक महिना ढिलो हुँदा धेरै प्रमाण फेला पर्ने कुरा भएन, कसैबाट कुनै सूचना पनि नपाएकाले घटनाबारे तथ्य खुल्न सकेको छैन,’ कडायतले भने। बलात्कार र हत्या घरभित्र भएको हो वा शव भेटिएको ठाउँमा वा त्यसभन्दा अन्य ठाउँमा भनेर पनि खुल्न नसकेको उनी बताउँछन् ।

अहिलेसम्मको अनुसन्धानले बलात्कार एकजनाबाट मात्र भएको पाइएको उनको भनाइ छ। ‘सामूहिक बलात्कार भए पनि ‘सेक्सुअल इन्टरकोर्स’ मा एकजना मात्र भएको देखिन्छ,’ उनले भने,‘कसैले घाँटी च्यापेको, कसैले हात समातेको पनि हुनसक्छ तर त्यो खुल्न सकेको छैन्।’ तर उनले ढिलै भए पनि दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे। ‘ढिलो भए पनि दोषी पत्ता लागेरै छाड्छ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top