आइएसको निशानामा सिरियाली सेना

२७ साउन, एजेन्सी ।
युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाए पनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट फाट्फुट्ट आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट (आइएस)का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ । सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् । सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ।

Advertisement

सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ । अब्जरभेटरीका रामी अब्देल रहमानले भने, ’आइएसले सम्भव भएसम्म धेरैभन्दा धेरै मृत्युहरू निम्त्याउने लक्ष्यसाथ पछिल्लो समय आफ्नो घातक सैन्य आक्रमणलाई बढाइरहेको छ।’

‘जिहादीहरूले यसो गरेर आफ्ना नेताहरूमाथि लक्षित सैन्य कारबाही हुँदासमेत पनि’ समूह अझै सक्रिय र शक्तिशाली छ भन्ने सन्देश दिन खोजेका छन्,’ उनले एएफपीलाई भने। गत साता इस्लामिक स्टेटले आफ्ना नेता अबु अल हुसेन अल हुसैनी अल–कुरैशीको मृत्यु भएको घोषणा गरेको थियो।

Advertisement

समूहका प्रवक्ताले टेलिग्राम सन्देश एपमा आफ्नो च्यानलमा रेकर्ड गरिएको सन्देशमा अबु हफ्स अल–हाशिमी अल–कुरैशी भनिने नयाँ नेताको घोषणा गरेका छन्। सन् २०१९ को मार्चमा आइएसले सिरियामा आफ्नो कब्जामा रहेको अन्तिम भूभाग अमेरिकी नेतृत्वको गठबन्धनसमर्थित कुर्दिश नेतृत्वको प्रतिआक्रमणका कारण गुमायो, तर जिहादी अवशेषले घातक आक्रमण जारी राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top