NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?

आइतवार साउन २८ , २०८०
Reading Time: 1 min read
A A
सरकारकी सवारी नलिइ चन्द्रागिरि पुगिन् राष्ट्रपति भण्डारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ साउन, काठमाण्डौ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउँन लागेको र यसका लागि एमालेका नेताहरुले उनलाई भेटिरहेको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे प्रष्टीकरण दिएका छन् । आज पार्टीको पछिल्लो समसामयिक धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै ओलीले यस्ता हल्लाहरुलाई मलजल गर्न नहुने बताएका छन् ।

अर्कातिर भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको निर्वाचित उपाध्यक्ष भएको उनले जिकिर गरे । उनले एमालेको तर्फबाट राष्ट्रपति बनेको र पूर्व एमाले उपाध्यक्ष भएको कारण पनि राष्ट्रपतिबाट बाहिरिएपछि नेताहरुले भेट्नु सामान्य भएको बताए । उपाध्यक्ष विष्णु पौडेलले भेटेको बारे पत्रकारले सोधको प्रश्नमा ओलीले राजनीतिज्ञको रुपमा आफुले पनि भेटेको बताएका छन् ।

‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ’ उनले भने, ‘यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’ ७ वर्ष लामो राष्ट्रपतिको भूमिका निर्वाह गरेर रिर्टायड बनेकी भण्डारी पछिल्लो समय एमालेको राजनीतिमा फर्किने चर्चा चल्ने गरेको छ ।

विभिन्न कार्यक्रममा बोल्दै एमाले नेताहरुले मात्र हैन स्वयं पूर्व राष्ट्रपति भण्डारीले पनि राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् । एमालेमा रहेका दोस्रो तहका नेताहरु डा.विमला राई पौड्याल,कर्णबहादुर थापा,विष्णु पौडेल, शेरधन राई, विष्णु रिमाल, सुजिता शाक्यलगायत भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउने र पार्टी अध्यक्ष बनाउँदै देशकै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि लागेको चर्चा चल्ने गरेको छ ।

तर आज ओलीले यो प्रसंग जोडेर एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको पनि जनाएका हुन् । उनले भने, ’हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ ’पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो ।

हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन ।’ एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए ।

’कसले पो भन्यो अरे ओली रहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ भनेर । यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कल्ले भन्या कुरा !’ उनले भने । २०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी निजी निवासमा बस्दै आएकी छन् । उनी सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहेकी छन् ।

Tags: #ओलीका लागि हल्ला#पूर्वराष्ट्रपति एमालेमा फर्किने#विद्यादेवी भण्डारी

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.