मुस्ताङमा पुलसहित १० घर बगे/कोशी र गण्डक ब्यारेजको सबै ढोका खोलियो

२८ साउन ८०, सोमबार

२९ साउन, काठमाण्डौ ।
सप्तकोशी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन् । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । आज बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । बिहानबाट पानीको सतह केही घट्न थालेको छ । ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

 

अत्यधिक बहाव भएपनि कोशी ब्यारेजका संरचना सुरक्षित रहेको र तटबन्ध लगायतका संरचनामा पनि अहिलेसम्म कुनै ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ । कोशी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो । उता नारायणी नदीमा पनि पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ ।

ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको हो । ब्यारेजमा अहिले २ लाख ८३ हजार क्युसेक पानी प्रवाह भइरहेको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

उता महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । आइतबार रातिदेखि नै बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको हो ।

सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । यस्तै निरन्तर वर्षाका कारण कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजे पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ ।

 

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन् । उता मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । यसैबीच बर्दियाको बबई नदीमा पनि पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ ।

 

त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । यद्यपी आजदेखि वर्षा भने केही कम हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top