ऋणमा फसेको देश अर्जेन्टिनामा निर्वाचन कसरी हुन्छ राष्ट्रपति निर्वाचन ?

२९ साउन, एजेन्सी ।
अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ । देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो । आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आईतवार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले प्राथमिक निर्वाचनमा भाग लिएका थिए ।

करिव ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरुलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ । मतदाताहरुले २०२३–२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरु र उनीहरुको दौडमा रहेका प्रतिष्पर्धीहरुबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् ।

अर्जेन्टिनामा चुनाव निकै अनौठो तरिकाले सम्पन्न भएको छ र आइतवारको मतदानमा अर्जेन्टिनाका मतदाताले सम्भावित राष्ट्रपतिका उम्मेदवारहरू मध्येबाट आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गरेका छन् । मतदानपछिको नतिजाले अक्टोबर २२ मा हुने आमनिर्वाचनमा कुन दलले भाग लिने र राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने टुंगो लगाउनेछ ।

Advertisement

अर्जेन्टिनामा करिब ३ करोड ५४ लाख मतदाता छन् । अर्जेन्टिनाको पनि एक नियम छ जहाँ मतदान नगरेकोमा जरिवाना लगाइन्छ । तर बढ्दो मतदाता उदासीनताको बीचमा, विश्लेषकहरूले मतदान सामान्य भन्दा धेरै कम भएको अनुमान गरेका छन् । मतदाताहरुले भनेका छन्, “मुद्रास्फीति असहनीय छ, तर यो प्रकारको अर्थव्यवस्था रातारात ठीक गर्न कसैलाई विश्वास गर्न सकिदैछन् ।

ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिना उच्च मुद्रास्फीति र एक ध्वस्त अर्थव्यवस्थाको चपेटामा छ। अर्जेन्टिना ऋण संकटमा फसेको देश हो । त्याहा वर्षैपिच्छे मुद्रास्फीति ११५ प्रतिशत पुगेको छ भने गरिबी बढेको छ ।अर्जेन्टिनाको मुद्रा पेसोको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। घट्दो विदेशी सञ्चितिसँग सङ्घर्ष गर्दै सरकारले मुद्रा नियन्त्रणमा कडाइ गरेको छ र डलरको भाउ बढाउनका लागि व्यवसायमा उच्च आयातमा कर लगाएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top