Nepal Times
Nepal Times
306
Shares

आज सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढ्यो

आज सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढ्यो

३० साउन ,काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.