×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

एआईजी ज्ञवाली र एसएसपी केसीलाई किन सरुवा गर्न खोजियो

३२ श्रावण २०८०

३२ साउन, काठमाण्डौ ।
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण र पछिल्लो समय चिकित्सकहरुले नक्कली प्रमाणपत्रका विषयमा अनुशन्धान गरिरहेका उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीलाई गृह मन्त्रालयले सरुवा गर्न खोजेपछि प्रहरी प्रधान कार्यालय र मातहत निकायमा तरङ पैदा भएको छ।

समय नपुगी सरुवा गर्न लागेको भन्दै प्रहरी प्रधान कार्यालय र मातहत निकायमा हलचल पैदा भएको हो । प्रहरीले सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको थियो । त्यस क्रममा गृहमन्त्री श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेस सांसदलाई छाड्ने र दुई कार्यालय प्रमुखको सरुवा गर्ने प्रतिबद्धता वमोजिम नै मन्त्रालयले सरुवा प्रस्ताव लैजान खोजेको थियो ।

Advertisement
Advertisement

ज्ञवाली र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दलहरूको दबाबमा प्रहरी प्रधान कार्यालयले ज्ञवाली र केसीको सरुवा गर्नका लागि फाइल पठाउन लागेको भन्दै प्रहरीभित्र पनि असन्तुष्टि उत्पन्न भएको थियो । यसका लागि काग्रेस नेतृत्वले दबाब दिएको थियो । एआईजीपी सरुवाको निर्णय मन्त्रिपरिषद् बैठकमार्फत गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा एआईजीपी सरुवाको प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । तर प्रहरी प्रधान कार्यालयबाट प्रस्ताव नआएर रोकिएको थियो । महानिरीक्षक बसन्तबहादुर कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख ज्ञवालीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने तयारी गरेका थिए ।

उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापालाई पठाउने तयारी गरेका थिए । प्रहरी एकेडेमीका एआईजीपी टेकप्रसाद राईलाई प्रशासन विभागमा पठाउने गरी गृहकार्य गरे पनि राईले महानिरीक्षक कुँवरलाई फोन गरेर असन्तुष्टि जनाएका थिए । शरणार्थी प्रकरणका बेला ज्ञवालीले महानिरीक्षक कुँवरलाई समेत जानकारी नदिई पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी केसीले लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको फाइल खोलेर १२ चैत २०७९ मा तीन आरोपीलाई समातेका थिए । केसीले चलाखीपूर्वक गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए । खाँडलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै उनको निवास पुगेको थियो । हाल प्रहरीले थप १८ जनाको उजुरी लिएर नक्कली भुटानी शरणार्थी सम्बन्धी अनुसन्धानलाई अघि बढाइरहेको छ ।

Advertisement
Advertisement

अनुशन्धान गरिरहेका निकायका नेतृत्वको सरुवालाई लिएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले खबरदारी गरेका छन् , उनले लेखेका छन् , नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे ? अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ? के यो सत्य हो ? होस गरेस् ,हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न!c

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top