×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

विद्यालय पनि मर्जरमा गए, लर्डबुद्ध र कोशी मोडल अब एक

५ भाद्र २०८०

५ भदौ, विराटनगर । विराटनगरस्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ ।

विद्यार्थीहरुलाई समय सापेक्ष एवम वालकेन्द्रित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य सहित एक कार्यक्रमको आयोजना गरी लर्डबुद्ध र कोशी स्कुल सोमबार मर्जर भएको हो ।

Advertisement
Advertisement

मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध निर्देशक राजेश भट्टराई र कोशी मोडल स्कुलको तर्फबाट निर्देशक मनिष सोनीले हस्ताक्षर गरेका छन् ।

विगत २५ वर्ष देखि विद्यालय सञ्चालनमा गौरवशाली इतिहास बोकेका यी दुई विद्यालयहरू मर्जर पछि अब विद्यार्थीहरुलाई समय सापेक्ष एवम वालकेन्द्रित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको लर्डबुद्ध स्कुलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताए । उनले मर्जर पछिको यस विद्यालयले प्रदेश तथा राष्ट्रिय स्तरमा अब्बल शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्दै अगाडी बढ्ने बताए ।

मर्जरको विज्ञप्तिमा भनिएको छ ‘अझै २१ औं शताब्दी सुहाउँदो अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अवका दिनमा अवलम्बन गर्ने कार्यक्रमको वारेमा हाम्रा श्रद्धेय अभिभावकवर्गमा सुसूचित गराउनु विद्यालयले आफ्नो कर्तव्य ठानेको छ । विद्यालयले राष्ट्रिय तथा प्रादेशिक रूपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस् त्यसको पछाडिको महत्वपूर्ण कडी भनेको हाम्रो आदरणीय अभिभावकवर्गले हामीप्रति अहिलेसम्म गर्नुभएको विश्वास तथा प्रगाढ स्नेहले गर्दा नै हो,’ ।

आगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीको सिकाइ र सर्वाङ्गीण विकासको निम्ति परिमार्जन तथा अद्यावधिक गर्दै लैजाने स्कुलले जनाएको छ । यो मर्जर प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकारात्मक कदम हुने बताएको छ ।

मर्जरपछि दुवै विद्यालयमा संचालित शिशु कक्षादेखि क्याम्पस तहका कक्षाहरुपनि एकीकृत रुपमा संचालनमा गईसकेको जानकारी दिईएको छ ।

विराटनगरका स्थापित दुई विद्यालयबीच भएको मर्जरले अन्य विद्यालयलाई पनि मर्जरका लागि प्रेरणा दिने शिक्षाविद्हरुले बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top