×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एभरेष्टका विद्यार्थीले सार्वजनिक गरे ‘द एभरेष्ट एक्सप्रेस’

५ भाद्र २०८०

५ भदौ, विराटनगर ।

विराटनगरस्थित एभरेष्ट कलेज विराटनगरका विद्यार्थीले डिजिटल पत्रिका प्रकाशन गरेका छन् । कक्षा ११ र कक्षा १२ का विद्यार्थीले ‘द एभरेष्ट एक्सप्रेस’ नामक डिजिटल पत्रिका प्रकाशन सुरु गरेका हुन् ।

Advertisement

एभरेष्ट एक्सप्रेसको पहिलो संस्करणको अनावरण कलेजका प्रिन्सिपल टिकाराम पुरीले गरे । पहिलो संस्करणमा ११ पेज समावेश छन् ।

एभरेष्ट एक्प्रेस प्रकाशनका लागि अभिनभ बस्नेतको नेतृत्वमा सम्पादकीय टिम बनाइएको छ । विद्यार्थीको सम्पादकीय टिममा बस्नेतसँगै वैभव घिमिरे,अनुभव बस्नेत, रक्षा कोइराला,शंकर यादव,सामिप्य रुपाखेती, केशिका श्रेष्ठ, खिलाराज ढकाल र अप्सनी बुढाथोकी छन् ।

कलेजका भाइसप्रिन्सिपल नारायण कडरीयाका अनुसार मासिक रुपमा प्रकाशन हुने एभरेष्ट एक्सप्रेसमा विद्यार्थीले आफ्ना रचनासँगै उनीहरुले गरेका खोज र लेखेका सृजनात्मक सामाग्री समावेश गर्नेछन् ।

हरेक महिनाको १ गते विद्यार्थीको टोलीले प्रकाशन गर्ने एभरेष्ट एक्सप्रेसमा एभरेष्ट एजुकेशन फाउन्डेशन भित्रका गतिविधि पनि समावेश हुनेछन् ।

पहिलो संस्करणमा हलिउड फिल्म ओपनहाइमरको रिभ्यूदेखि टाइटनिक हेर्न जाँदा डुबेको टाइटन पन्डुब्बीको कथा समावेश गरेका छन्,’ उनले भने,‘ विद्यार्थीहरुले आफ्ना रचनासँगै मिथिला चित्रकला र सृजना पनि समावेश गरेका छन् ।

एभरेष्ट एक्सप्रेसले नियमित अध्ययनसँगै विद्यार्थीको सृजनात्मक लेखन सीप र नेतृत्व विकासमा सहयोग गर्ने उनले बताए ।

विद्यार्थीको अगुवाईमा प्रकाशन सुरु भएको एभरेष्ट एक्प्रेसले कलेजमा भएका प्रतिभालाई बाहिर ल्याउन अवसर प्रदान गर्ने कलेजका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए ।

Advertisement

एभरेष्ट एक्प्रेसले विद्यार्थीमा निहित प्रतिभालाई प्रस्फुटन गर्ने साझा प्लाटफर्मको रुपमा काम गर्नेछ,’ प्रिन्सिपल पुरीले भने,‘ विद्यार्थीमा रचनात्मक लेखन र अध्ययनको क्षेत्रलाई पनि बढाउनेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top