×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

चन्द्रयान–३ हिँडेको भिडिओ सार्वजनिक

८ भाद्र २०८०

८ भदौ ,एजेन्सी ।
चन्द्रमामा आफ्नो महत्वकाक्षी मिसन चन्द्रयान ३ अन्तरिक्ष यानलाई पहिलो पटक दक्षिण धुव्रमा अवतरण गराएर इतिहास रचेको भारतले चन्द्र धरातलमा चन्द्रयान हिडेको भिडिओ सार्वजनिक गरेको छ । भारतको अन्तरिक्ष एजेन्सी (इसरो)ले पहिलो पटक चन्द्रयान–३ को रोभर चन्द्रमामा हिँडेको भिडियो सार्वजनिक गरेको हो । भिडिओमा प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा पाइला चालेको देख्न सकिन्छ।

रोभर प्रज्ञानलाई बोकेको विक्रम ल्यान्डर बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा योजनाअनुसार सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो । सोभियत संघ, अमेरिका र चीनपछि चन्द्रमामा सफ्ट ल्यान्डिङ यान अवतरण गराउने भारत चौथो देश बनेको थियो । बिहीबार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २६ किलोग्रामको रोभर ल्यान्डरबाट झर्दै भारतले चन्द्रमामा हिँडेको भनेको छ ।

Advertisement
Advertisement

शुक्रबार बिहानको भिडियोले रोभरलाई घामको किरण र यसको लामो छायामा सहित बाहिर हिँडेको देखिन्छ । प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ । संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ । उक्त रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो । बुधवार साँझ अवतरणका क्रममा उडेको धुलो कम भएपछि विक्रमको एकापट्टि भएको ढोका खुलेको थियो ।

उक्त ढोकाबाट प्रज्ञानलाई चन्द्रमाको सतहमा ओराल्न बनाइएको भ¥याङ बाहिर निस्किएको थियो र त्यसबाट प्रज्ञान चन्द्र सतहमा ओर्लिएको थियो । त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर उक्त रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ ।

प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ । प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ । ल्यान्डरले चन्द्रयान–२ ले यसअघिनै छोडेको अर्बिटरमा सूचना पठाउँछ ।

अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान–२ ले उक्त सूचना विश्लेषणका लागि पृथ्वीमा पठाउँछ । भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार उक्त रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो प्रत्येक चालमा रोभरले आफ्ना छवटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतीक चिह्न माटोमा बनाउने छ ।

चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ । ल्यान्डरले अन्य कैयौँ वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगायत सहयोग गर्छन् । चन्द्रमामा महत्त्वपूर्ण खनिजहरू भएको विश्वास गरिन्छ । तर चन्द्रयान–३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु रहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top